आरजे इर्शाद शेख
महोत्तरी, २ माघ
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थानीय स्तरमा रहेका मिडिया संचालक र स्थानीय संचारकर्मीहरु सँग शुक्रवार नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा अन्तरक्रिया सम्पन्न गरेको छ ।
महोत्तरीमा स्थानीय मिडया तथा पत्रकारहरुको प्रवर्धन गर्नुपर्ने चर्चा चलिरहदा । महासंघ महोत्तरी शाखाले संचारकर्मीहरु सँग समस्याहरु बारे जानकारी संकलन गर्दै तत्कालीन तथा दीर्घकालीन निकासमा केन्द्रित रहेर छलफल गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका स्थानीय मिडिया संचालक तथा संचारकर्मीहरुले स्थानीय मिडियाको सशक्तिकरण, पत्रकारहरूको क्षमता अभिवृद्धि ,पेशागत सुरक्षा, स्थानीय मिडिया विज्ञापन लगायतका विषयमा आफ्ना गुनासा,अपेक्षा र सुझाव समेत प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव रामनारायण महतोले जिल्लाभर रहेका स्थानीय मिडियाहरुको सम्बर्धन र प्रवर्धनका लागि स्थानीय मिडियाको विगत र वर्तमानको अवस्था नियाल्दै आगामी दिनका लागि फलदायक भूमिका निर्वाह गर्न महासंघ नेतृत्व कार्ययोजना बनाएर काम गर्न अग्रसर रहेको बताए ।
स्थानीय मिडिया तथा पत्रकारहरुको प्रवर्धनका लागि संभव रहेका प्रत्येक सम्भावनाहरुका लागि सफल प्रयास गरिने महोत्तरी शाखाका अध्यक्ष महेशकुमार दासले प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय मिडीया र संचारकर्मीको उत्थानका लागि महासंघ नेतृत्व योजनाबद्ध भई संचारक्षेत्रको समिष्टिगत विकास प्रति केन्द्रित रहेको जानकारी गराए ।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी, पत्रकार महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा स्थानीय तहमा मिडियाको अवस्था, पत्रकारिताको विकास, चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो।

