मोनु गुप्ता
जनकपुरधाम, ९ चैत्र
मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रादेशिक निर्वाचन कार्यालयको ठिक सामुने नयाँ भवनमा अवस्थित ज्ञान गंगा इन्टरनेशनल पब्लिक स्कुल ले शैक्षिक सत्र २०८३ का लागि कक्षा १ देखि ७ सम्म नयाँ भर्ना कार्यक्रम सार्वजनिक गरेको छ। विद्यालयले प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गर्ने जनाएको छ ।
प्रवेश परीक्षा फारम वितरण २०८२ चैत्र ८ गतेदेखि सुरु भइसकेको छ भने परीक्षा २०८३ साल वैशाख ३ गतेदेखि ५ गतेसम्म बिहान ११ बजेदेखि सञ्चालन हुने विद्यालयले जनाएको छ ।
प्रवेश परीक्षामा उत्कृष्ट गर्ने प्रथम १० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। परीक्षा परिणाम सोही मितिदेखि प्रत्येक दिन दिउँसो १ बजेपछि प्रकाशन गरिने व्यवस्था गरिएको छ । कक्षा पिजिदेखि कक्षा युकेजीसम्मका विद्यार्थीलाई सोही समयमा सामान्य सोधपुछ गरि भर्ना लिईने बिद्यालयले जनाएको छ । नामांकन प्रक्रिया वैशाख ३ गतेदेखि बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । नियमित कक्षा भने वैशाख ६ गते विहान १० बजे आइतबारदेखि सुरु हुने जानकारी विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले जानकारी गराउनु भयो । æभोलिको सफल भविष्य आजबाट सुरु ÛÆ भन्ने नारासहित नयाँ ब्यवस्थापनका साथ संचालन हुने भएकोले विद्यालयले अभिभावक तथा विद्यार्थीहरुलाई सिमित सिट भएकोले समयमै आवेदन दिन आग्रह गरेको छ ।
