ओ पी साह
जनकपुरधाम, ६ वैशाख
जनकपुरधाम–८ गोरधोई पोखरी क्षेत्रमा निर्माण सम्पन्न भएको श्री शिव–विनायक मन्दिरको स्थापनार्थ आज भव्य कलश यात्रा आयोजना गरिएको छ। धार्मिक आस्था र परम्पराअनुसार आयोजित उक्त कलश यात्रामा स्थानीय श्रद्धालु, महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको छ।
आयोजक समाजसेवी रोशन साहका अनुसार मन्दिरको औपचारिक स्थापना आज कलश यात्रा सम्पन भएको र भोलि प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिनेछ। उनले धार्मिक स्थलको संरक्षण तथा समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उक्त कार्यक्रम गोरधोई सर संरक्षण समितिको आयोजना तथा राजर्षि नगर टोल सुधार समितिको सहकार्यमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार यसले क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
युवा सरसफाइ अभियानी पुष्प राज कुंवर, समाजसेवी बजरङ्ग यादब , स्थानिय सुरेन्द्र रविदास लगायतका सहभागिता रहेका थिए।
