महोत्तरीमा पोषण कार्यक्रमको शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न – Jaleshwortoday

महोत्तरीमा पोषण कार्यक्रमको शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न

 May 12, 2026  
2

मो.इर्शाद
महोत्तरी, २८ बैशाख

महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा पोषण कार्यक्रम सञ्चालनका लागि एक दिवसीय शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न भएको छ। दलित समाज उत्थान समिति नेपालको आयोजना तथा CARE Nepal र iDE को प्राविधिक एवं आर्थिक सहयोगमा सो कार्यक्रम सुरु भएको हो।

​संस्थाका संस्थापक अध्यक्ष सुनिल ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राम दुलार शाह मुख्य अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रेनु झा लगायत जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

​कार्यशालामा रामगोपालपुर र औरही नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूका साथै CARE Nepal का प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य र पोषण कार्यक्रमको प्रभावकारिताका बारेमा संस्थाका कार्यक्रम सल्लाहकार पुनित चौधरीले विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।

​यसअघि कार्यक्रममा उपस्थित सहभागीहरूलाई रामभजन महतोले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो। कार्यक्रम संयोजकका अनुसार यो कार्यक्रमले दुवै नगरपालिकाभित्रका लक्षित समुदायको पोषण अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको छ।