जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १ जेठ
मधेस प्याब्सनको केन्द्रीय कार्यसमितिको बैठले जनकपुरधाम उपमहानगरपालिकाको नगर अध्यक्षमा क्रिएटीभ पब्लिक स्कुल रामपुरको संस्थापक प्रधानाध्यापक सरोज साहलाई चयन गरेको छ । निवर्तमान नगर अध्यक्ष प्रभाष मिश्रलाई धन्यबाद दिदै केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले नव नगर अध्यक्ष साहलाई टीका र खाँदा लगाई बधाई दिनुका साथै सफल कार्यकालको मंगलमय शुभकामना समेत दिनु भयो । नव मनोनित नगर अध्यक्ष साहले आफू तटस्थ भई नगर स्तरमा मधेस प्याब्सन तथा नगर शिक्षालाई स्वच्छ,गुणस्तरीय तथा भयरहित बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।पदाधिकारीहरुमा भोला मिश्र,पवन साह,रामचन्द्र पण्डीत,ममता पाठक र यशस्वी पाण्डेयको उपस्थित रहेको थियो ।
