ज्ञान गंगाले १५ दिवसीय कथक तथा मैथिली कार्यशालाको समापन भव्यताका साथ समपन्न गरे
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३० जेठ
जनकपुरधाममा भएका समृद्ध र समपन्न विद्यालयहरु मध्ये ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले गरेको प्रयास मधेस प्रदेशको राजधानी जनकपुरधाममा अध्यात्म,साहित्य र सँस्कृतिको अदभुत प्रस्तुति रहेको मधेस प्रदेशको सभामुख राम अशिष यादवले बताउनु भएको छ ।
१५ दिवसीय कथक तथा मैथिली नृत्य कार्यशालाको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेस प्रदेशको सभामुख माननीय राम अशिष यादव,विशिष्ट अतिथिको रुपमा जनकपुरधाम उपमहानगर वडा नं.—४ को वडाध्यक्ष सुरेश झा,कथक गुरु हृदेव राय,एकेडेमिक कन्सल्टेन्ट जोन रोमियो जर्ज,उपप्रधानाध्यापक सोनी साह,मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष अमरेन्द्र झा,प्रदेश अध्यक्ष मुरारी लाल कर्ण,जिल्ला अध्यक्ष सुजित मिश्र,अभिभावक गण,गुरु वर्ग,विद्यार्थी,सुरक्षाकर्मी तथा पत्रकारहरुको गरिमामय उपस्थिति रहेको थियो ।सो कार्यक्रमको सम्बोधन गर्दै सभामुख यादवले श्री जानकी जन्मभूमि जनकपुरधामको उच्च प्रशंसा गर्दै ज्ञान गंगा मैथिली भाषा,साहित्य,कला,संस्कृति र संगीतको संगम समेत रहेको बताउनु भयो ।सभामुख यादवले जसरी सबै भाषाको जननी संस्कृत भाषालाई मानिन्छ त्यसैगरी नृत्यको उत्थान कथक नृत्यबाट नै भएको कारण जो कथक नृत्यमा अनुभवी हुन्छन् त्यही व्यक्ति नृत्य क्षेत्रमा अगाडी बढन सक्छन् बताउनुभयो ।
विद्यालयको संस्थापक पवन कुमार साह र प्रशिक्षक गुरु हृदेव रायको उच्च प्रशंसा गर्दै बच्चाहरुले कथक तथा मैथिलीमा देखाएका नृत्यहरु अदभुत रहेको बताउनुको साथै जनकपुरधाममा अरु पनि विद्यालयहरुले यस्तो प्रयास गर्न आवश्यक रहेको सभामुख यादवले सुझाव दिनुभयो ।
भगवान कृष्ण सोह्र कलामा निपुण रहेको बताउदै अभिभावकहरु समेतलाई विद्यार्थीहरुलाई मात्र किताबी ज्ञान होइन की अहिलेको डिजिटल युगमा समाहित हुन चौतर्फी ज्ञान तथा तालिमको आवश्यकता रहेकोले उनीहरुको जिवन निर्माण गरी दिन पौराणिक परम्परा अनुसार विद्यालय तथा गुरुलाई अनुरोध गर्न सुझाब दिनुभयो ।
अभिभावकहरुसँग आग्रह गर्दै शिक्षकले मात्र सिकाई दिएर हुदैन किनभने सिकाउने काम त जसले पनि जहिले पनि सिकाउन सक्छन् तर जिवन निर्माण गर्ने काम उचित समयमा विद्यालय तथा शिक्षकले मात्र गर्ने भएकोले गुरु वर्गले समेत किताबी ज्ञानको साथै अहिलेको युगमा समाहित हुने खालका गुण विभिन्न प्रशिक्षण तथा तालिमको माध्यमबाट विद्यार्थीहरुमा भर्न आवश्यक रहेको सभामुख यादवले जानकारी गराउनुभयो ।
साथै विद्यार्थीहरुलाई अहिलेदेखि नै उसले लगाउने कपडा तथा विद्यालयमा तिरिने शुल्कको व्यवस्थापन गरिब अभिभावकले कसरी गर्दछन् तर त्यही विद्यार्थीहरुले आफ्ना मातापितालाई सडकमा तथा बृद्धाश्रममा छोडेर जानु कतिको दुःखद हो भन्ने कुरालाई विद्यालय तथा गुरुवर्गले शिक्षणको माध्यमबाट उजागर गर्न आवश्यक रहेको संदेश सभामुख यादवले दिनुभयो ।
सहभागि विद्यार्थीहरुलाई तालिमको प्रमाणपत्र समेत सभामुख यादवले प्रदान गर्नु भएको थियो । प्रमुख अतिथि सभामुख यादव,विशिष्ट अतिथि वडाध्यक्ष सुरेश झा तथा कथक गुरु हृदेव रायलाई दोसल्ला तथा गमछा ओढाएर मायाको चिनो समेत संस्थापक साहले प्रदान गर्नु भएको थियो ।
सो कार्यक्रममा स्वागत मनतब्य वरिष्ठ शिक्षक विवेकानन्द झाले राख्नु भएको थियो भने विद्यार्थीहरुले जुम्बा,सोलो,सामा,रामजी से पुछे,गुरु बन्दना,विद्यालयको गीतमा नृत्य गरेका थिए । गुरु हुदेव रायले अन्तिम प्रस्तुतिको रुपमा डिमडिम डमरु बजाबे बोलमा कथक नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्ना शुभकामना मनतब्य राख्नु भएका थिए । कार्यक्रमको अध्यक्षता विद्यालयको संस्थापक तथा प्रधानाध्यापक पवन कुमार साहले गर्नु भएको थियो भने कार्यक्रमको उद्घोषण सरोज कुमार चौधरीले गर्नु भएको थियो ।

