जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ असार
धनुषाको ढल्केबरको कोमल होटेलमा शुक्रबार संचालित स्वास्थ्य प्रबर्द्धन सम्बन्धि मिडियाकर्मिहरुका लागि सञ्चार तथा पैरवि कार्यक्रममा स्वास्थ्य निर्देशनालयको सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समपन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयको सचिव डा.प्रमोद कुमार यादवले स्वास्थ्य जनचेतना तथा धनुषा तथा महोत्तरी जिल्लामा अस्पतालको विकास तथा त्यहाँ चाहिने आवश्यक स्वास्थ्य सुविधाको पहँुच सम्बन्धी खुलेर जानकारी गराइएको थियो ।
सो कार्यक्रमा स्वास्थ्य मन्त्री नागेन्द्र साहले स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनमा सञ्चारकर्मीहरुको पनि प्रमुख भूमिका रहेकोले यसमा हातेमालो गरेर अगाडी बढन आवश्यक रहेको बताउनुभयो । साथै मिडियाकर्मीहरुलाई संघीय सरकारबाट बञ्चित गरिएका सुविधा मधेस प्रदेश सरकारबाट सहयोग गरिने आश्वासन समेत दिनुभयो । कार्यक्रममा महोत्तरी जिल्लाको पत्रकार महासंघको अध्यक्ष महेश दास,धनुषा जिल्लाको पत्रकार महासंघको अध्यक्ष पुरन गुप्ता लगायत सयौं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
