विद्युत सुरक्षाबारे जलेश्वर वितरण केन्द्रद्वारा विद्यार्थीलाई प्रशिक्षण – Jaleshwortoday

विद्युत सुरक्षाबारे जलेश्वर वितरण केन्द्रद्वारा विद्यार्थीलाई प्रशिक्षण

 September 28, 2026  
1

मो.इर्शाद
महोत्तरी, १२ असोज

नेपाल विद्युत प्राधिकरण, जलेश्वर वितरण केन्द्रको आयोजनामा श्री लचुमु माध्यमिक विद्यालयमा विद्युत सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रकी इन्जिनियर विनिता मण्डलसहितको प्राविधिक टोलीले कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई विद्युत सुरक्षासम्बन्धी प्रशिक्षण प्रदान गरेको हो।

प्रशिक्षणका क्रममा विद्युतको सुरक्षित प्रयोग, विद्युत् लाइन तथा विद्युतीय उपकरणबाट हुन सक्ने सम्भावित जोखिम, करेन्ट लाग्नबाट बच्ने उपाय तथा विद्युत दुर्घटना भएमा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

विद्यार्थीहरूमा विद्युत सुरक्षासम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्दै सम्भावित विद्युत दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।