आईएमडीबीले सार्वजनिक गर्‍यो पाँच वर्षका लोकप्रिय १० वेब सिरिज – Jaleshwortoday

आईएमडीबीले सार्वजनिक गर्‍यो पाँच वर्षका लोकप्रिय १० वेब सिरिज

 June 6, 2023  
jj

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २३ जेष्ठ

आईएमडीबीले सन् २०१८ देखि २०२३ सम्मका लोकप्रिय वेब सिरिजको सूची सार्वजनिक गरेको छ । पछिल्लो पाँच वर्षका सबैभन्दा लोकप्रिय श्रृंखलाले यो सूचीमा स्थान पाएका छन् । सन् २०१८ मा ‘सेक्रेड गेम्स गेम्स’को पहिलो सिजनले सूचीको शीर्ष स्थान बनाएको छ भने सोही वर्ष आएको ‘मिर्जापुर’ले दोस्रो स्थान हासिल गरेको छ ।

सन् २०२० को शृंखला ‘स्क्याम १९९२’ तेस्रो, ‘द फेमिली म्यान’ चौथो र एस्पिरेन्ट्स’ले पाँचौं स्थान पाएका छन् । यो डाटा आईएमडीबी प्रयोगकर्ताको पेज भिजिटको आधारमा लिइएको जनाइएको छ । ‘सेक्रेड गेम्स गेम्स’का सहनिर्माता विक्रमादित्य मोटवानेले यस सूचीको शीर्षमा ‘सेक्रेड गेम्स गेम्स’ रहनु सम्मानको कुरा भएको बताए ।

छैटौं स्थानमा ‘क्रिमिनल जस्टिस’, सातौं नम्बरमा ‘ब्रीद’, आठौं नम्बरमा ‘कोटा फ्याक्ट्री’, नवौं स्थानमा ‘पञ्चायत’ र दशौं स्थानमा ‘पाताल लोक’ छन् ।

आईएमडीबी इण्डियाकी प्रमुख यामिनी पटोडियाले देशमा स्ट्रिमिङ विकल्प बढेसँगै वेब सिरिजतर्फ मानिसको झुकाव बढ्दै गएको बताइन् । यो सूची आएसँगै विश्वभरका दर्शकले भारतीय वेब सिरिजको बारेमा जान्न पाउनेछन् । विशेष कुरा यो छ कि यस सूचीको टप-२ सिरिज (सेक्रेड गेम्स गेम्स र मिर्जापुर)ले पाँच वर्ष पूरा गरेका छन् ।

आईएमडीबीले सबैभन्दा लोकप्रिय वेब सिरिजबाहेक अर्को सूची पनि जारी गरेको छ । यस सूचीमा शीर्ष मूल्यांकन गरिएका वेब सिरिजलाई स्थान दिइएको छ । ‘स्क्याम १९९२’ले यसमा सबैभन्दा बढी (९.३/१०) प्राप्त गरेको छ र ९.२ अंक लिएर ‘एस्पिरेन्टस’ले दोस्रो स्थान हासिल गरेको छ । तेस्रो नम्बरमा ‘गुलक’ छ, जसले १० मध्ये ९.१ रेटिङ पाएको छ ।