जलेश्वर नगरपालिकाले ७१ करोड ५३ लाख ८० हजारको बजेट ल्याए – Jaleshwortoday

जलेश्वर नगरपालिकाले ७१ करोड ५३ लाख ८० हजारको बजेट ल्याए

 June 23, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ असार

जलेश्वर नगरपालिकाले ७१ करोड ५३ लाख ८० हजारको बजेट ल्याएको छ ।
मेयर सुरेश साह सोनारले नगरपालिकाको ११ औ नगरसभामा अगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ७१ करोड ५३ लाख ८० हजार रुपैयाको बजेट प्रस्तुत गरेको हो । नगरक्षेत्र भित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, मठ, मन्दिर, तलाउ, कला को संरक्षण र संवर्द्धन गरिने मेयर साहले बताउनु भयो । स्थानीय मिथिला कला र संस्कृतिको जगेर्ना गर्न पुस्तान्तरणमा जोड र मिथिला परिक्रमा, संसारीमाई, महादेव मन्दिर, श्रावणी मेला, दुर्गा पूजाको महत्वलाई थप उजागर गर्न आवश्यक व्यवस्था मिलाईने बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश अर्थ मन्त्री संजय कुमार यादवले जलेश्वर नगरपालिकाले पेश गरेको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिदै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरलाई बाबा जलेश्वरनाथको नगरीलाई पर्यटकीय दृष्टिकोण आर्थिक क्रान्ति ल्याउन सकिने बताए ।