खाना पकाउने ग्याँसको आपुर्तिमा सहजता ल्याउन आवश्यक रहेको देखिन्छ । देशभरी विभिन्न कारण देखाई ग्याँस व्यवसायीद्वारा गरिएको कृत्रिम अभावको पर्दाफास गर्न अहिले उद्योगमन्त्री गौरी यादव आफै सक्रिय रहेको देखिन्छ । यतिबेला साल्ट्रेडीङ्ग कम्पनीको अनुगमनदेखि अन्य ग्याँस व्यवसायीहरुको समेत प्रमाणको आधारमा स्पष्टीकरण लिन मन्त्री यादव स्वयं सक्रिय रहेको बखत ग्याँस बितरक डिलर तथा कम्पनीहरु बिना शर्तको ग्याँस बिक्रिमा आनाकानी नगरी सरल तथा सहज रुपमा ग्याँस आपूर्ति गर्न गराउन आवश्यक रहेको देखिन्छ ।
ग्याँस आपूर्ति तथा अभाव प्रत्यक्ष रुपमा हाम्रो दैनिक जिवनसँग सम्बन्धीत रहेको छ । अहिलेको प्राविधिक युगमा केहि बस्तुको उपलब्धता अति आवश्यक रहेको देखिन्छ जसमध्ये खाना पकाउने एलपि ग्याँस पनि एक हो । अहिले ग्याँस पाउनको लागि काठमाडौंदेखि विभिन्न ठाउँहरुमा उपभोक्ताहरुका ठूलो लाइन सजिलै देख्न सकिन्छ । लाइन बसे पनि ग्याँस पाइन्छ की पाइदैन निश्चितता छैन । यस परिवेशमा अहिले नेपाल सरकार यस्ता कालाबजारी गर्ने जो कोहीलाई पनि दण्डीत गर्न आवश्यक छ भने उपभोक्ताको समस्याको समाधान दीर्घकालिन रुपमा स्थायी रुपमा गर्न आवश्यक छ । यसको लागि एउटै ब्राण्ड राखेर देशभरी वितरण गर्न जरुरी छ । ग्याँस,डिजेल र पेट्रोलको मूल्य समेत घटाउनु पर्दछ ।
