जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ श्रावण
दुधमतीको जल बाबा जलेश्वरनाथलाई स्थानिय युवाहरु आज सोमबार चढाएका छन् ।
प्राचीन समयदेखि जनकपुरको दुधमतीबाट जल चढाउने पर म्परालाई निरन्तरता दिन बिसपिट्टी नजिकको दुधमती जानकीघाटको जल ल्याई बाबा जलेश्वरनाथलाई चढाइएको छ । वरिष्ठ खोजमुलक पत्रकार राकेश प्रसाद चौधरी सहितको स्थानिय युवा तथा व्यवसायीहरुको सँयुक्त पहलमा यो दोस्रो सोमबारी समेत निरन्तरता दिइएको हो । बाबा जलेश्वरनाथको आशिर्वाद लिन र स्थानिय धार्मिक प्रबद्र्धनमा सबैले हातेमालो गर्न जरुरी रहेको प्रष्ट दृष्टान्त बनेको छ ।
