मलिवारा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको शुभारम्भ – Jaleshwortoday

मलिवारा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको शुभारम्भ

 July 7, 2023  
jj

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ असार

जलेश्वरको मलिवारा स्वास्थ्य चौकीमा विभिन्न रोगको चेकजाँचकाे लागि प्रयोगशाला सेवाको शुभारम्भ भएको छ।

मधेश प्रदेश सरकारको सहयोगमा विहिबार जलेश्वर न.पा. वडा न. ३. मलिवाराको स्वास्थ्य चौकी मा रगत, दिशा, पिसाब चेकजाँच गर्ने प्रयोगशाला सेवाको शुभारम्भ भएको हो ।

प्रयोगशालामा नियमित रूपमा खुन, दिशा, पिसाबको चेक जाँच गर्न र लगभग सबै प्रकारका रोगहरुको पहिचान गर्न सकिने छ।

प्रयोगशाला सेवाको शुभारम्भ जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार उपप्रमुख रौशन खतुन र प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक डा. श्रवण कुमार मिश्र संयुक्त रुपमा गरेका थिए।