जन्मजात पूर्ण अपांग रामबाबुलाई धनुषाका सिडिओ घरमै पुगेर दिए नागरिकता – Jaleshwortoday

जन्मजात पूर्ण अपांग रामबाबुलाई धनुषाका सिडिओ घरमै पुगेर दिए नागरिकता

 October 13, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, २६ असोज

जन्मजात पूर्ण अपांग रामाबाबुलाई जिल्ला प्रशासन कार्यायल धनुषाले घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्ररपुरका स्वर्गीय रामसागर महतोका २१ वर्षीय छोरा रामबाबु महतोलाई प्रशासनले घरमै पुगेर नागरिकता दिएको हो ।

शुक्रबार रामबाबुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रजिअ अनुज भण्डारी लगायत अधिकारीले नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता फाँटका अधिकृत बालमुकुन्द शर्माको हस्ताक्षरित वंशसनको नागरिकता दिन उनी स्वयम् र अर्का अधिकृत निरज श्रीवास्तव तथा नायब सुब्बा रामत्रिपाल महतो पनि पुगेका थिए । नागरिकता प्रदान गर्ने बेला बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो, वडा नं. १ का वडाध्यक्ष अशोक महतो लगायत गाउँपालिकाका कर्मचारीहरु पनि पुगेका थिए ।

अशक्त छोरा रामबाबुलाई नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा लैजान असहज हुने भन्दै घरमै नागरिकता उपलब्ध गराइदिने वातावरण बनाइदिन निवेदन दिएकी थिइन् । निवेदनको आधारमा रामबाबुको नागरिकताको लागि तयार कागजात प्रक्रिया पुर्याएर प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

करिब डेढ दशक अघि बुबा रामसागर गुमाएका रामाबु जन्मजात अपांग हुन् । आफै उठबस, खान लाउन, बोल्न समेत नसक्ने रामबाबुलाई आमा तेतरी देवीले पालनपोषण गर्दै आएकी छन् । उमेर १६ वर्षपुगेपछि नागरिकता नबन्दा चारवर्षदेखि अपांता भत्ताबाट पाउन सकेका थिएनन् ।
तेतरीको एकल महिला सामाजिक सुरक्षा भत्ता तथा जेठो छोरा मनोज कुमार महतोको ज्याला मजदुरीबाट घर चलिरहेको छ । बुबा रामसागरको जन्मसिद्धको नागरिकता हुँदा उमेर पुगेपनि रामाबाबु नागरिकताबाट पाउन सकेका थिएनन् । जन्मसिद्धका सन्तान भएकाले संशोधित नागरिकता विधेयक पास भएपछि मात्र उनले नागरिकता पाउन सकेका हुन् ।

जन्मसिद्धका सन्तान रामबाबु जस्तो अशक्त अपांग सन्तानलाई पहिलोपटक घरमै पुगेर नागरिकता प्रदान गरेको धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले बताए । प्रमुख जिल्ला अधिकारी पण्डेले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कनुनी प्रक्रिया पुर्याएर यथासिघ्र अपांग भक्ता रामबाबुलाई भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् ।