बागमती प्रदेश मन्त्रीका पीएसओ झुण्डिएको अवस्थामा भेटिए – Jaleshwortoday

बागमती प्रदेश मन्त्रीका पीएसओ झुण्डिएको अवस्थामा भेटिए

 November 7, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
मकवानपुर, २१ कार्तिक

बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ ४० वर्षीय यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् । उनको शव आज बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय खानीखोला धादिङ दरबन्दी भइ हाल मन्त्री दुलाललको पीएसओ रहेका सुवेदीको शव मन्दिर नजिकैको सालको रुखमा कालो पेटीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको प्रवक्ता भण्डारीले बताए ।

प्रहरीले शव बिहानै फेला पारेको भएपनि भर्खरै मात्रै शवको सनाखत भएको हो ।

शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । मृतकको हत्या भएको वा आफैंले आत्महत्या गरेको हो भन्ने विषयमा यकिन भएको छैन घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।