२० औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस मनाइयो – Jaleshwortoday

२० औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस मनाइयो

 December 5, 2023  
444

जलेश्वरटुडे समाचारदाता
मटिहानी, १९ मंसिर

महोत्तरीको मटिहानी नगरपालिकाले एक कार्यक्रम वीच मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा मटिहानी नगरपालिकाको कार्यालय धिरापुरमा आयोजित कार्यक्रम नगर उपप्रमुख मंजु देवी साहको अध्यक्षतामा सु–सम्पन्न भयो। कार्यक्रममा कार्यपालिका सदस्य सुनकेशी कुमारी चौधरी,वडा नं. ४ का वडा अध्यक्ष अब्दुल गफार राइन,प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा,स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल,योजना अधिकृतराजेश कुमार शर्मा,शिक्षा शाखा प्रमुख चन्देश्वर साह, सि. अ. हे. व.अधिकृत नागेश्वर पाण्डेय,सबै स्वास्थ्य चौकीको प्रमुखहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरू उपस्थित रहेका थिए।