जानकी एकेडेमीक हस्पिटलको दोश्रो वार्षिकोत्सवमा स्वास्थ्यकर्मीसंग अन्तरक्रिया – Jaleshwortoday

जानकी एकेडेमीक हस्पिटलको दोश्रो वार्षिकोत्सवमा स्वास्थ्यकर्मीसंग अन्तरक्रिया

 December 23, 2023  
1

जलेश्वरटुडे समाचारदाता
महोत्तरी,७ पौंष

महोत्तरीको ग्रामिण भेगकै सबैभन्दा ठूलो सुविधासम्पन्न जानकी एकेडेमीक हस्पिटलले दोस्रो वार्षिकोत्सव दुईदिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । शनिबार हस्पिटलले दोस्रो स्थापना दिवसको अवसरमा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।

त्यस क्षेत्रका नजिकका विभिन्न पालिकाका स्वास्थ्य शाखा संयोजक, एच.ए., सिएमऐ र स्वास्थ्य स्वयमसेविकाहरुसंग हस्पिटलले अन्तरक्रिया गरेको हो । हस्पिटलका संचालक समेत रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षता तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका प्रमुख डा. श्रवण कुमार मिश्रको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा वक्ताहरुले ग्रामिण भेगमा व्यवसायसंगसंगै सेवाभावले डा. यादवले संचालन गरेको यो हस्पिटलले थुप्रै अकास्मिक एवं गम्भीर प्रकृतिका बिरामीको ज्यान बचाउने गरेको बताएका छन् । ग्रामिण भेगको यो हस्पिटलले गरिब विपन्नसहित स्थानीय बिरामीलाई टाढा जनकपुर, बर्दिबास लगायत ठाउँमा पुग्नु पर्ने बाध्यताको अन्त्य गरेको भन्दै वक्ताहरुले प्रसंशा गरेका थिए ।

कार्यक्रममा जलेश्वर अस्पतालका प्रमुख डा. मुरारी ठाकुर, सोनमा गाउँपालिकाका पूर्व अध्यक्ष राजकुमार यादव, जानकी हेल्थकेयरका ईन्चार्ज हरिश्चन्द्र यादव, जानकी ऐकेडेमीक हस्पिटलका ईन्चार्ज संजयकुमार यादव, ल्याब ईन्चार्ज विरेन्द्रकुमार झा लगायत विभिन्न पालिकाका स्वास्थ्य शाखा संयोजकहरुले शुभकामना मन्तव्य राखेका थिए ।
हस्पिटलले आइतबार स्थानीय पालिकाहरुका जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम राखेका छन् ।