नेकपा सरकार संघीयता समाप्त पार्ने षडयन्त्र गर्दैछ ः अध्यक्ष यादव - Jaleshwortoday

Slot machines house of fun

  1. Casinos That Accept Paysafecard Australia 2025: At the start of the round, players start with a 1x multiplier and each time you get a win in the free spins round, this will rise by 1 to a 10x multiplier.
  2. No Deposit Bingo Australia - For all their long-term and VIP members, the casino offers both weekly and monthly promotions to keep your bankroll topped up.
  3. Vegas Crest Casino No Deposit Bonus Uk: Youll be able to claim a huge $3,750 Bitcoin welcome bonus when playing at the casino thats $750 more than youd receive if depositing using a non-crypto method.

Play 3 reel slots free

Best Baccarat Casino Online
Winnipeg played smart football this season.
Oxford Casino Florida
This is going to make your job a lot more challenging, but not impossible.
There are only 20 pay-lines (many pokies these days have a lot more) and the coin choice goes from 0.01 to 1.00 per pay-line (you can bet up to 10 coins per line, making the max bet 400.00).

Is poker gambling legal in Perth

Free Slot Game
Casino Cruise is a true entertainment hub, a well-respected multi-platform online casino legally welcoming players from the Republic of South Africa and treating them with over 1,300 games by world top developers including all sorts of pokies, most popular table games, blackjack, baccarat and roulette.
Casino Bonus 1500 Free
Prop bets may also be available with some of these games, although the rules for play will vary over the site you choose.
Casino Slot Free Play

नेकपा सरकार संघीयता समाप्त पार्ने षडयन्त्र गर्दैछ ः अध्यक्ष यादव

 २१ मंसिर २०७७, आईतवार ०२:३५  
Madhesh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० मंसिर

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको नेकपा सरकार मुलुकवाट संघीयता र गणतन्त्रलाई लाई समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाउनु भएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासंघले आज जनकपुरधाममा आयोजना गरेको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यदवले मुलुकलाई धरासाही बनाउन सरकार उद्धत रहेको बताउनु भयो । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले समेत ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै प्रतिवेदन पेश गरेकाले पनि यो कुरा प्रष्ट भएको उहाँको जिकिर छ । अध्यक्ष यादवले विभिन्न कालखण्डमा व्यवस्थाहरू परिवर्तन भए पनि शासक वर्ग परिवर्तन हुन नसकेकाले उपलब्धिहरू गुम्ने खतरा बढेको बताउनुभयो । संरचनागत विभेदलाई निरन्तता दिने उद्देश्यले नै पहिचानविहीन सात प्रदेश बनाइएको समेत उहाँको आरोप छ । उनले मधेश जनविद्रोहवाट प्राप्त उपलव्धिहरु संस्थागत हुन्छ भने एकात्मक प्रणाली समाप्त हुने डरले विगत देखि सत्तासुखमा रमिएकाहरु चारैतिरवाट कसरी यसलाई समाप्त गरु प्रपञ्च रचि रहेको उहाँको भनाई थियो । कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई व्यवस्थापन गर्न सबै दल चुकेको टिप्पणी गर्नुभयो । उहाँले संघीय सरकारद्वारा निर्मित प्रतिकुल अवस्थामा समेत काम गरेको भन्दै प्रदेश २ सरकारको प्रशंसा गर्नुभयो । नेता भण्डारीले बुद्धिजीबीहरूसँग हातेमालो गरी अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिनुभयो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बौद्धिक वर्गका सल्लाह सुझाव लिएर अघि बढ्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीतन्त्रबाट असहयोग गराउँदै आएको संघीय सरकारले पछिल्लो समय कानुनहरू नै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको आरोप समेत लगाउनुभयो । उहाँले संघ सरकारका संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरूले कानुनी लडाईं लड्दै आएका पनि स्मरण गराउनुभयो । त्यसैगरी, महासंघका उपाध्यक्ष जितेन्द्र यादवले संविधानले दिएको मौलिक हकसमेत संघीय सरकारले खोस्ने काम गरेको आरोप लगाउनुभयो । कार्यक्रममा सहभागीहरूले प्रदेश सरकार बौद्धिक वर्गसँग समन्वय नगरी अघि बढेको गुनासो गरेका थिए । उनीहरूले प्रदेशमा व्याप्त बरोजगारीका साथै शिक्षा, स्वास्थ्य, कृषिसहित क्षेत्रमा विशेष ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिएका थिए । कार्यक्रममा मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेश सांसद् रामअषिश यादव,योजना आयोगको उपाध्यक्ष भोगेन्द्र झा,डा. राम केबल साह,बौद्धिक पेशाकर्मी महासंघको जिल्ला अध्यक्ष ब्रज किशोर यादव,सचिव पंकज ठाकुर,सदस्य पवन कुमार साह,डा.विजय सिंह,मोडेल क्याम्पसको संस्थापक विरेन्द्र साह,समाजिक अभियन्ता मुरली मनोहर मिश्र,तराई टाईम्स पत्रिका तथा टिभिको संचालक विष्णु कुँवर,विििभन्न एफ.एम.,टिभि तथा पत्रिकाको संचारकर्मीहरुको उपस्थितिका साथै विभिन्न क्षेत्रका विज्ञ तथा बौद्धिक पेशाकर्मीहरूको सहभागिता थियो । महासंघले प्रदेश २ का बौद्धिक व्यक्तिहरूसँग नेपालको वर्तमान राजनीतिको विषयमा सुझाव लिई अगाडिको रणनीति बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम विभिन्न संचारगृहको सहयोगमा लाइभ समेत गरिएको थियो । बौधिक वर्गहरुमा लालजी ठाकुर,लक्ष्मण पाण्डे,डा.जामुन प्रसाद यादव,डा.राकेश पंडित, विरेन्द्र साह,विजय सिंह,विष्णु कुँवर,विरेन्द्र साह,पवन कुमार साह लगायत एक दर्जन भन्दा बढीले आफ्नो सल्लाह तथा सुझाव बाँडेका थिए । कार्यक्रमको शुरुवात शहिदहरु प्रति १ मिनेटको मौन धारणबाट भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बौ.पे.म.जिल्ला अध्यक्ष ब्रज किशोर यादवले गर्नुभएको थियो विषय प्रवेश तथा कार्यक्रमको उद्देश्य बारे डा. रामकेबल साहले स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा करिव १ सयभन्दा बढी जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्घोषण संगितकार तथा साहित्यकार अशोक दत्तले गर्नुभएको थियो । कार्यक्रममा मैथिलि भाषाको प्रयोगले मिथिला संस्कृतिको जगेर्ना गरिएको बौद्धिककर्मी राकेश नागवंंशीले प्र्रशंसा गर्नुभयो ।