सरकार जनताको भावनालाई बुझिदिनुस् – Jaleshwortoday

सरकार जनताको भावनालाई बुझिदिनुस्

 December 11, 2020  
editorial

नेपाल सरकार अहिले जनताको वर्तमान समस्या समाधान गर्ने तर्फ ध्यान नदिएर सत्ता बचाउँने तथा आफ्नो बर्चस्व कायम रहने खेल खेल्नमा व्यस्त हुनुहुन्छ । तर महँगीको कारण अहिले समान्य जनतादेखि असमान्य जनतासम्मको जनजिवन कष्टकर तथा चिन्ताजनक बन्दै गएको छ । नेपालको तराई—मधेस भुभाग भन्दा उत्तरी बेल्टका भुभागहरु महँगीको चपेटादेखि अलिक राहत पाएको देखिन्छ । । त्यसकारण यस किसिमको खाद्यदेखि अखाद्य पदार्थमा बढेको अप्रत्यासित मूल्य बृद्धि तथा अनियन्त्रणले जनता अभिभावक बिनाको मुलुक भइरहेको बुझ्न थालेका छन् । मूल्य तथा गुणस्तर नियन्त्रणको लागि जिल्लापिच्छे नेपाल सरकारको कार्यालयहरु तथा कर्मचारीहरु रहेपनि जिम्मेबारीबिहिन कार्य तथा भ्रष्टाचारका कारण जनतामा निराशा तथा बाध्यता देखिएको छ । अहिले नेपाल सरकारको कृत्रिम तराई—मधेस वरपरका नाकाबन्दीका कारण समेत यस क्षेत्रमा अति मूल्य बृद्धि भएको अर्थ विज्ञहरुको राय रहेको छ । अहिले राजनेता देखि भारतको विभिन्न दबाबको बाबजुद पनि नेपाल सरकार अहिलेसम्म चुप्पी लाग्नु ठूलो घट््ना घट्न सक्नुुको संकेटको रुपमा सरकारले पनि बुझ्न जरुरी छ भने नेपाली जनताले पनि नेपाल सरकारले तराई—मधेसप्रति गर्दै आएको असमानता तथा विभेद समेत अहिले प्रमाणित भइरहेको अवस्था छ । अहिले नेतृत्वकर्ता पार्टिको सिद्धान्तमाथि समेत ठूूलो प्रश्न उठेको छ । यसको समाधान गर्नको लागि सरकारले देखाएको अटेरीपनाले राज्य सबल हुनुको साटो कमजोर भइरहेको छ । त्यसकारण मधेसका मसिहाहरुले जनताको घाउँमा मलहम अहिले नलगाए पछि मधेसी जनताले समेत मूल्याँकन गर्नै हुँदा एक चोटि फेरी कम्मर कसेर जनताका आवाज बन्नुपर्ने आवश्यकता रहेको यथार्थ छ । जनताले पनि अधिकारको लागि अगाडी आउँन जरुरी छ ।
अन्य सरोकारबालाहरुले समेत निर्णय गर्न जरुरी छ ।