गणेश कुमार सिंह
जलेश्वर, २० फागुन
महोत्तरीको जलेश्वर नगरपालिका १२५ जना मोतियाबिन्दु रोगिको शल्यक्रिया सहितको उपचार पाएको छन् ।
गत शुक्रबार फाल्गुण १८ गतेका दिन जलेश्वर नगरपालिकाको आयोजना, कार्यक्रमको आर्थिक सहयोग CDM तथा प्राविधिक सहयोग नेपाल नेत्र ज्योति संघ सागरमाथा चौधरी आँखा अस्पताल लहान र नेपाल रेडक्रस सोसाइटि महोत्तरीले गरेको थियो ।
उक्त शिविर कार्यक्रम जलेश्वर स्थित ल.म.च.मु.मा.वि.जलेश्वरमा राखेको थियो , उक्त शिविरमा पालिकाका ३४२ ( १७५ पुरुष, १६७ महिला ) जना व्यक्तिले आँखा चेक जांच गराएका छन, जस मध्ये १२१( ६८ पुरुष, ५३ महिला ) जना बिरामीमा मोतिया बिन्दु पहिचान भएका थिए ।
पहिचान भएको लगत्तै जलेश्वर नगरपालिकाका नगर प्रमुख श्री सुरेश साह सोनारको बिशेष पहल तथा जलेश्वर नगरपालिकाको स्थानीय सहयोगमा संचालन गरिएको नि:शुल्क आँखा चेक मार्फत १२५ जना विरामिहरुले नि:शुल्क शल्यक्रिया , औषधि,चस्मा लगायतका सेवा पाउन साथ बिरामी तथा स्थानीयवासीहरुले नगर प्रमुख सुरेश साह सोनार लाई धन्यवाद तथा असल समाज सेवीका संज्ञासमेत दिएका छन् ।
