गणेश कुमार सिंह
महोत्तरी, २६ चैत्र
महोत्तरीकाे जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य चौकीमा छिटो बर्थिङ सेन्टर संचालनको लागि वडाबासीको माग गरेका छन् ।
ल्याब सहित सामान्य उपचारका सबै सुबिधा र औषधीकाे व्यवस्थापन पनि रहेको छ । त्यसैले बर्थिङ सेन्टर संचालन हुनुपर्नेमा कर्मचारी लगायत वडाबासीको माग रहेको छ ।
जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य चौकीमा जम्मा ५ जना कर्मचारीहरू कार्यरत रहेका छन् । हेल्थ असिस्टेन्ट प्रमूख बरूण कूमार साहको नेतृत्वमा सि अनमि रुबि कूमारी साह, ल्याब टेक्निसियन अनु कापर र कासद्वय बलजित कुमार मण्डल र राखि कुमारी रहेको छ ।
