वनलाई बिनाश हुनबाट जोगाऔं – Jaleshwortoday

वनलाई बिनाश हुनबाट जोगाऔं

 January 2, 2021  
editorial

सम्पादकीय
१७ पुस

वन सबै नेपालीको साझा सम्पति हो । यसको रक्षा तथा विकासमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समान रुपमा पहल हुनुपर्दछ । वनको विनाश हुनमा त्यस वरिपरीका काठका व्यापारीहरु,स्थानीय तथा सरकारी निकायका सम्बन्धीत कर्मचारीहरु नै जिम्मेबार हुनुपर्दछ । किनभने यिनीहरु कै आपसी मिलोमतोमा वन विनाश भईरहेको कैयौ प्रमाणहरु प्राप्त भइसकेका छन् । त्यसकारण यस किसिमको वातावरण तथा गैर कानूनी कार्यलाई निरुत्साहित पार्न केन्द्रबाटै कडा नियम तथा ऐन बनाएर कार्यान्वयन गर्न आवश्यक देखिन्छ । कुनै खास ठाउँको वन विनाश वा फडानी भइरहेको थाहा पाउँना साथ त्यसको सूक्ष्म अध्ययन गरेर तुरुन्त दोषि पत्ता लगाउन सकिने अवस्था भए पनि कमिशन लगायतको भ्रष्टाचारको कारण गैरकानूनी शक्तिहरु प्रोत्साहित भइरहेको अवस्था ठूलो नै देखिन्छ । तर गर्न चाहे जे पनि हुदो रहेको कारण भ्रष्टाचार तथा गैरकानूनी कार्यको कारण सम्पूर्ण देश कै स्वास्थ्य अवस्था खराब हुने खतरा बढेको हुुन्छ । किनभने वन कै कारण हामी मानव लगायत अन्य प्राणीहरु यस पृथ्वीमा स्वस्थ्य तथा आफूलाई सुरक्षित महसुस गर्दछौं । यसको विना जिवन शून्य हुने छ । त्यसकारण वनलाई विनाश हुनबाट बचाऔं ।