मटिहानी नगरपालिकाकाे १३ औं नगरसभा सम्पन्न ,मेयर मण्डल द्वारा ४० करोड २७ लाख ६२ हजार बराबरको बजेट प्रस्तुत – Jaleshwortoday

मटिहानी नगरपालिकाकाे १३ औं नगरसभा सम्पन्न ,मेयर मण्डल द्वारा ४० करोड २७ लाख ६२ हजार बराबरको बजेट प्रस्तुत

 June 19, 2024  
1

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ आषाढ

महोत्तरीको मटिहानी नगरपालिकाको १३ औं नगर सभाको उद्घघाटन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय व्यय , निति तथा बजेट सार्वजनिक गर्दै नगरसभा सम्पन्न भएको हो ।
मटिहानी नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४० करोड भन्दा बढीको अनुमानित बजेट प्रस्ताव सार्वजनिक गरेको  छ ।
बुधबार सम्पन्न १३औ नगरसभामा विभिन्न योजना सहित ४० करोड २७ लाख ६२ हजार बराबरको बजेट प्रस्तातिव गरेको मेयर मण्डलले विविध क्षेत्रमा विभिन्न योजना सहितको कार्य गर्ने कार्ययोजना प्रस्तुत गरेका हुन् ।
बजेट तथा कार्यक्रम प्रस्तुतिकरण कार्यक्रममा मधेश प्रदेशका माननीय मुख्यमंत्री श्री सतिश कुमार सिंहको प्रमुख अतिथिमा पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । आ.व. २०८१/८२ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै मटिहानी नगरपालीकाका मेयर हरीप्रसाद मण्डलले नगरका सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीता पुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए । आ.व.२०८१/०८२ को लागि कृषि ,शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार विकास निर्माणमा कृषिलाई प्राथमिकतामा राखेको उनले जानकारी गराए ।

समृद्ध मटिहानी ,,सुखी नगरबासी बनाउने अबधारणा सहीत मेयर मण्डलले  ४० करोड २७ लाख ६२ हजार बराबरकोे बजेट प्रस्तुत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथीको आसनबाट आफ्नो शुभकामना मन्तब्यमा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंह एतीहासिक तथा पौराणीक नगर मटिहानीका जनतासंग गरेको वाचामा प्रतिवद्ध रह्न नगरपालिकाका मेयर मण्डललाई सुझाव दिएका छन ।

मेयर मण्डलले आगामी आ.वर्षमा कृषि ,शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषि लगायतका विविध क्षेत्रमा विभिन्न योजना सहितको कार्य गर्ने कार्ययोजना प्रस्तुत गरेकोमा मुख्यमन्त्री सिंहले उक्त कार्ययोजना निक्कै राम्रो भएकोमा सोहि अनुरुप जनताले विकास हेर्न पाउने गरि कार्य गर्न उनले सुझाव दिएका हुन ।

मेयर मण्डल  सुशासन लोकतन्त्रको आधार स्तम्भ रहेको भन्दै मटिहानी नगरपालिकाका कार्यहरुमा पारदर्सीता , आर्थीक अनुशासन तथा समाजिक न्यायलाई अङ्गीकार ,गर्दै भ्रष्छाचारमुक्त बिधिको शासन र ब्यबस्थाको सुनिश्चितता गरीने भन्दै स्थानिय जनताको जिवनस्तर उकास्न स्थानिय ज्ञान ,सीप रक्षमतालाई प्रश्रय दिने निति अबलम्बल गरीने बताएका हुन । वहाँले आ.ब.०८१/०८२ के निति तथा कार्यक्रम तर्जुमा गर्दा लोककल्याणकारी अबधारणा , संबिधानले परिकल्पना गरेको समाजबाद तर्फको यात्रा र बिकासको क्रममा आर्थिक , समाजिक रसंस्कृतीक रुपमा पछाडी परेका समुदायहरलाई मध्यनजर गर्दै नगरबासीको सर्बोपरि हितको ध्यानमा राख्दै नगरको चौतर्फी विकासमा सहयोग पुग्ने बिश्वाश ब्यक्त गरेका हुन् ।
मेयर मण्डल जनताको बिचमै बसेर जनताकै सरसल्लाहमा नगरको नीति,कार्यक्रम र बजेट बनाइएकोमा प्रस्तुत गरिएको कार्ययोजना अक्षरसः पुरा हुने बताए । उनले आर्थिक समृद्धिको लागी कृषि उत्पादनमा व्यवसायिकरण,आधुनिकिकरण,यान्त्रिकिकरण तथा बजारीकरणमा विशेष जोड दिने बताएका छन भने नगर पर्यटन व्यवस्थापन सम्बन्धि गुरु योजना निर्माण गरि पर्यटकिय पुर्वाधार विकासमा प्राथमिकीकरणका आधारमा लगानी गर्ने नगरपालिकाले नीति लिएको बताए ।

साथै स्वास्थ्य क्षेत्रमा नगर क्षेत्रका महिलाहरुलाई सुरक्षीत प्रसुती सेवा प्रदान गर्न मटिहानी र सिमरदही बर्थीङ्ग सेन्टर सम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराई मातृ मृत्यु दर शुन्य बनाउन जोड दिने र थप उपचारकोलागी उक्त बर्थीङ्ग सेन्टर रेफर गरेमा जनकपुर सम्म समेत निःशुल्क एम्बुलेन्स सेबा प्रदान गरीने निति , कार्यक्त तथा बजेटमा समास गरीएको जानकारी गराउका हुन् ।

त्यस्तै शिक्षा क्षेत्रमा नगर भित्रका सामुदायिक बिद्यालयको कक्षा १ देखी ८ सम्मको पाठयक्रममा १०० पुणर्कको मैथिली भाषा समाबेस गराईने र कक्षा ८ मा अध्ययनरत बिद्यार्थीहरुलाई सुचना प्रबिधिमा पहुचको उदेस्यले ल्यपटप बितरण गरीने नीति तथा कार्यक्रमको पुस्तिकामा उल्लेख गरेका छन ।
नगर प्रमुख हरि प्रसाद मंडलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री सुमन लाल कर्ण, प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलाल, वड़ा नं.७ का वड़ा अध्यक्ष श्री जितनारायन माझी, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष श्री लवराजा सिंह, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री बिजय साह, लोसपा नेपालका केन्द्रिय सदस्य श्री राम कुमार मंडल, नेपाली कांग्रेसका श्री उपेन्द्र चौधरी, नेकपा माओवादी पार्टीका श्री उमाशंकर साह, जनमत पार्टीका श्री मृगेन्द्र यादव, श्री राम मा.वि. का प्र.अ. श्री श्रीश कुमार मिश्र लगायतका वक्ताहरुले नगर सभाको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।