एकडारा गाउँपालिकाको ११ औं नगरसभा सम्पन्न , ४६ करोड ४७ लाख ८६ हजार बराबरको बजेट प्रस्तुत – Jaleshwortoday

एकडारा गाउँपालिकाको ११ औं नगरसभा सम्पन्न , ४६ करोड ४७ लाख ८६ हजार बराबरको बजेट प्रस्तुत

 June 25, 2024  
1

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १० आषाढ

महाेत्तरीकाे एकडारा गाउँपालिकाले ११ औं नगरसभाबाट पालिकाले ४६ करोड ४७ लाख ८६ हजार बजेट ल्याएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रमकाे आयोजना गरि ११ औं नगरसभाबाट पालिकाले ४६ करोड ४७ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष दिप नारायण मण्डलले निति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै अबको बजेट कृषिमा आत्म निर्भरता ,पूर्वधार निर्माण ,सामाजिक सुरक्षामा सहज पहुँच ,संचस्र तथा प्रविधि ,उद्यमशिलता विकास र आन्तरिक रोजगारी अभिवृद्धि ,गरीबी न्यूनीकरण ,दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभुति, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता राखेर नै बजेट विनियोजन गरेको बताएका थिए ।

गाउँपालिकाले ल्यायोकाे अनुमानित बजेट संघीय सरकारबाट बित्तिय समानिकरण अनुदान रु. १० करोड २० लाख तथा राजश्व बाँडफाटबाट रु. ८ करोड १९ लाख, त्यस्तै सशर्त अनुदान १९ करोड ३५ लाख ५१ हजार, संघीय सरकार समपूरक अनुदान १ करोड, संघीय सरकार विशेष अनुदान ३ करोड ८० लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण ७२ लाख ३५ हजार, प्रदेश सशर्त अनुदान ८० लाख , प्रदेश विशेष अनुदान ३० लाख, प्रदेश समपुरक अनुदान २० लाख,आन्तरिक राजश्व ९१ लाख , नगद अन्य अनुदान १ करोड , चालु तर्फ २६ करोड ७० लाख १६ हजार ५ सय र पुजिगत तर्फ १९ करोड ७७ लाख ६९ हजार ५ सय मात्र ,कुल जम्मा ४६ करोड ४७ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ । सो कार्यक्रममा स्वागत मन्तव्य एकडारा गाउँपालिका का उपाध्यक्ष महजवी खातु र प्रमुख प्रशासकीय प्रमुख सुबोध कुमार महतो राख्दै स्वागत गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री मा. सरोज सिंह कुशवाहा ,बिशिस्ट अतिथी प्रमुख जिल्ला अधिकारी ,बिशिस्ट अतिथी महोत्तरी जिल्ला प्रहरी कार्यालय प्रमुख ,बिशिस्ट अतिथी महोत्तरी जिल्ला सशस्त्र प्रहरी प्रमुख , आम नागरिक ,युवाहरू,विभिन्न पार्टीका कार्यकर्ता ,गाउँ पालिका का सम्पुर्ण कर्मचारीहरु ,विभिन्न संस्था का पत्रकार समेत उपस्थित रहेको थियो ।