‘जलवायुमैत्री कृषि ,धान उत्पादनमा वृद्धि’ नाराका साथ महोत्तरी कृषि ज्ञान केन्द्रले मनाए २१औं राष्ट्रिय धान दिवस – Jaleshwortoday

  ‘जलवायुमैत्री कृषि ,धान उत्पादनमा वृद्धि’ नाराका साथ महोत्तरी कृषि ज्ञान केन्द्रले मनाए २१औं राष्ट्रिय धान दिवस

 June 30, 2024  
1

गणेश कुमार सिंह(कृषि पत्रकार)
महोत्तरी, १५ आषाढ

२१ औँ राष्ट्रिय धान दिवस महोत्तरी कृषि ज्ञान केन्द्र धान रोपि कार्यक्रम गरी मनाइँदै छ । ‘ जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ  दिवस मनाएका हुन् ।
राष्ट्रिय धान दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरि रोपाइँ महोत्सव गरि मनाएका छन् ।त्यस्तै महोत्तरीमा कृषि ज्ञान केन्द्र महोत्तरीको आयोजनामा महोत्तरी गाउँ पालिका वडा नं. ५ स्थित साना किसान सहकारी संस्थाको सह-आयोजनामा हरि गाउँ धान रोपाइँ महोत्सव आयोजना गरि धान रोपि मनाए छन् ।
यस वर्ष जलवायुमैत्री कृषि ,धान उत्पादनमा वृद्धि नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा ‘२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ ।
यसै अवसरमा उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायुमैत्री कृषि ,धान उत्पादनमा वृद्धि नारा सहितको रोपाइ शुभ आर्भ गरेका छन् ।
धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि हो ।
कृषि विभागका अनुसार समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती का अध्यक्ष सुमन लाल कर्ण, बिशिस्टअतिथी प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल ,महोत्तरी गा.पा. अध्यक्ष दिलिप कुमार पाण्डेय,साहयक जिल्ला अधिकारी उपेन्द्र न्यौपाने ,अतिथी वडा नं ५ र ६ का वडा अध्यक्ष , आम नागरिक ,युवाहरू,विभिन्न पार्टीका कार्यकर्ता विभिन्न संस्थाका प्रमुख लगायत कृषि ज्ञान केन्द्रका सम्पुर्ण कर्मचारी ,पत्रकार उपस्थित धान रोपाइँ कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख मनिष कुमार पालको अध्यक्षतामा संचालन भएका थिए ।