यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी तालिम सम्पन्न - Jaleshwortoday

Free slots games online with bonus rounds

  1. Online Cryptocurrency Slots: Two round arrows trigger an automatic mode, during which the competitor can relax and enjoy the mysterious atmosphere.
  2. Free Online Slots Without Download - To start Multifruit 81 in free mode and see where its fast-paced gameplay can take you, simply click on the PLAY sign.
  3. 2025 Uk Online Casinos: Monkey wild symbols regardless of the line or payline.

Crypto Casino games ios

Free Casino Bets Australia
The way you place wagers in this game is a lot like a Texas Holdem-type game, only a bit more structured.
Online Card Game Rummy
These games are streamed from high-tech studios owned by NetEnt, Evolution Gaming, and Ezugi.
However, this delays the 888 casino withdrawal time by a few days.

Crypto Casinos billoxi

12 Free Casino
Otherwise, the software provider also makes the Vegas Strip Blackjack Gold, a special version of strip blackjack that is sure to give you a more realistic playing experience.
Best Casino Site No Charges
There are many, much safer options available, and playing at an illegitimate casino simply isnt worth it.
Numbers On A European Roulette Wheel

यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी तालिम सम्पन्न

 १५ भाद्र २०८१, शनिबार २२:०६  
9

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १५ भाद्र

पूर्वी धनुषाका स्वास्थ्यकर्मीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी पाँच दिने तालिम शनिबार सम्पन्न भएको छ ।

विदेह नगरपालिकाको मावि गिद्धाबेलापट्टीमा भएको सो तालिममा विदेहसहित कमला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिकाका २१ जना स्वास्थ्यकर्मीहरु सहभागि थिए ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत भएको उक्त तालिमको सिकाई उपलब्धी व्यवहारमा उतार्ने प्रतिबद्धता सहभागीहरुले जनाए ।

स्वास्थ्यचौकीबाट टाढा रह्दै आएका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे जानकारी गराउनुपर्ने सहभागीहरुले बताए ।

किशोरावस्थामा आउने गरेको शारिरिक परिवर्तनबारे अनभिज्ञ हुने गरेकाले उनीहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या हुने गरेको सबैला नगरपालिकाबाट आएकी अनमी गीता कुमारी कापरले भनिन् ।

शारिरिक परिवर्तनबारे जानकारी नहुँदा उनीहरुलाई परामर्श दिने र बालविवाहबाट जोगिनको लागि आफूहरुले पहल गर्ने उनले बताइन् ।

किशोरकिशोरीलाई प्रजनन स्वास्थ्यबारे जानकारी गराएकाले तालिम उपयोगी साबित भएको दुहबी स्वास्थ्य चौकीमा कार्यरत्त सीअहेब जीवछ गोइतले बताए ।

किशोरकिशोरीलाई सही मार्ग देखाउन यसप्रकारको तालिमले कर्मचारीहरुलाई उत्साहित गर्ने गरेको उनको भनाइ छ ।

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बारेमा आम नागरिक खासगरेर किशोरकिशोरीलाई जानकारी गराउन आवश्यक रहेको गोइतले बताए ।

यौन तथा प्रजनन स्वास्थ्यको बारेमा किशोरकिशोरीमा जनचेतना जगाउनु पर्ने, प्रजनन स्वास्थ्यको विषयमा खुलेर सबै संग कुराकानी गर्नुपर्ने, स्वास्थ्य सम्बन्धी गाउँ घरमा फैलाउने गरेका अफबाहहरुलाई चिरेर बास्तबिक कुरालाई जानकारी गराउनु पर्ने, बिद्यालय स्तरमा प्रजनन स्वास्थ्यको विषयमा जानकारी गराउनु पर्ने, आम नागरिकले प्रजनन स्वास्थ्यको विषयमा सकारात्मक धारणा बनाउनु पर्ने तालिममा जानकारी गराएको सहजकर्ता उमेश कुमार यादवले बताए ।

यादवका अनुसार किशोरकिशोरीहरुलाई प्रजनन स्वास्थ्य र अधिकारबारे जानकारी गराएर बालविवाह न्युनिकरण गर्न सकिन्छ । उमेर नपुगेर विवाह गर्दा हुने शारिरिक र मांसिक समस्याबारे किशोरकिशोरीलाई जानकारी गराउन सकेमा हदैसम्म बालविवाह न्युनिकरण गर्न सकिने तर्क यादवको छ ।

यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा तालिममा सिकेका विषयवस्तुहरु व्यवहारमा ल्याउने प्रतिबद्धता सहभागीहरुले गरेको आसमान नेपालका प्राविधिक संयोजक (नेतृत्व र निर्णय) रामकुमार महराले बताए ।

गएको भदौ ११ गतेदेखि सुरु भएको तालिममा यादव र दिलिप कुमार साहले सहजीकरण गरेका थिए ।