‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’ - Jaleshwortoday

Online cryptocurrency casino which

  1. Sugar Rush 1000 Promo Code For Free Spins: The reel has a 4?4 grid with both lower and high-value symbols on it.
  2. Spy Slots Casino Login App - Next, use the Bet tab to select a bet from 0.20 up to 100 coins per spin.
  3. Sugar Rush 1000 Promo Code For Free Spins: If we want to play live versions of these games, well go into the live casino category.

Crypto Casino with 10 euro deposit

Uk Casino No Wager Bonus
The usual money casinos do not accept this payment method, but all the online hybrid casinos, as well as cryptocurrency ones, accept it.
Vigo Casino Review And Free Chips Bonus
In the 'Real Cleos Gold' version you are going to have to go through a number of levels before you finally reach the end of the machine.
You may practice in the game with no registration is required so rest assured you can play safe and sound.

Vegas hits slots

Best Slot Machined In United Kingdom
Its for this that the world of gambling has come up with such a concept as no deposit Billion Casino bonuses.
Orozino Casino No Deposit Bonus 100 Free Spins
This is not the only attraction that Energy Casino offers for its users.
Sbobet Casino No Deposit Bonus 100 Free Spins

‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’

 १६ भाद्र २०८१, आईतवार २२:१७  
5

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ भाद्र

‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’
१६ भदौ, काठमाडौं । नेपाली खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा शुक्रबार राति जितेको कांस्य पदक नेपाली खेलकुद इतिहासमा अहिलेसम्मको ठूलो पदक हो ।

पारा तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि उनले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्यपदक जितेपछि त्यसको चर्चा नेपालभर छ । नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६० वर्ष र पारा ओलम्पिकमा दुई दशक भइसकेको छ । तर यसअघिको सहभागिता खेलाडीको व्यक्तिगत प्रदर्शन सुधार गर्न र अनुभव हासिल गर्न मात्र सीमित थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपालले ओलम्पिकमा पदकको खाता खोलेको र अब यसलाई संस्थागत बनाउनुपर्ने बताउँछन् ।

‘हामीसँग यसअघि पदक शून्य थियो अब एकाउन्ट खुलेको छ’, अनलाइनखबरसँगको कुराकानीमा घिसिङले भने, ‘अहिले सिंगो देशको ध्यान खेलकुदतिर केन्द्रित भइरहेको छ ।’

पलेशाको मिहिनेत र चुस्त व्यवस्थापनका कारण पदक जित्न सफल भएको घिसिङको दाबी छ । ‘खेलाडीको कन्फिडेन्ट र व्यवस्थापनको तहबाट हामी सबैले गरेको प्रयास र पहलहरुको बीचबाट हामीले यो नतिजा हासिल गरेको हो’, उनको भनाइ छ ।

पलेशाको पदकले नयाँ खेलाडीहरुमा आत्मविश्वास बढ्ने भन्दै उनले त्यसबाट भविष्यमा अरु पदक जित्ने बाटो खुल्ने धारणा राखे । ‘जो तयारीमा छन् उनीहरुमा कन्फिडेन्ट बढ्यो अब त्यो खुलेको खातालाई बढाउन हामी तयार हुन्छौँ’, उनले भने ।

पदक जितेका खेलाडीको सम्मान र नयाँ खेलाडीलाई खेलमा लाग्न हौसला प्रदान गर्ने आफूहरुको दायित्व भएको सदस्य सचिव घिसिङले बताए ।

नेपालले खेलकुदमा सुक्ष्म रुपमा तयारी गरिरहेको दाबी गर्दै उनले त्यसको नतिजा मात्र अहिले देखिएको बताए । ‘एक ढंगले हेर्ने हो भने अहिले पदक आयो । तर पदक सम्भावना भएको खेलाडीलाई हामीले गम्भिर रुपमा तयारी गरेका थियौँ’, उनी भन्छन् ।

चीनमा अध्ययन गरिरहेकी पलेशालाई उतै प्रशिक्षणको व्यवस्था मिलाउन वा नेपालमा बोलाएर प्रशिक्षण गर्ने भन्दा पलेशाले नेपालमै आएर प्रशिक्षण गर्न चाहेपछि राखेपले उनलाई बोलाएको थियो ।

पछि अफगानिस्तानको प्रशिक्षक झिकाएर पनि प्रशिक्षण गराएको र बेलायतको म्यानचेष्टरमा थप प्रशिक्षणका लागि पठाएको सदस्य सचिव घिसिङले बताए ।

पलेशाले पारा ओलम्पिकमा कांस्य जितेवापत सरकारबाट नगद ६५ लाख रुपैयाँ पुरस्कार पाउनेछिन् । तर त्यसबापत लाग्ने कर भने पलेशाले तिर्नुपर्छ । सदस्य सचिव घिसिङ पुरस्कारमा कर कट्टा नगर्न सरकारलाई अनुरोध गर्ने बताउँछन् ।