मखान ब्राण्डिँगको लागि मखान उपहार - Jaleshwortoday

Rich cryptocurrency casino 150

  1. Casinos Pay By Phone Uk: You can also slow the speeds down to see everything that happens during a spin.
  2. Bets724 Casino No Deposit Bonus 100 Free Spins - pokies are among the casino games that you can try for free.
  3. Totogaming Casino Bonus Codes 2025: However, it is not as lucrative as the slot's other three counterparts.

Android slots best pay

Best Slots Sites That Payout
To some extent, you also need to think about which EVENTS you want to bet on.
Casino Slot Machine Game Names
There is no Free Spins Round available in the game, but there is a Re-spin bonus, though.
English, Danish, German, Finnish, Norwegian and Swedish.

Omg puppies slot

Online Live Roulette Casino Canada
In addition to the welcome package, Euro King Casino also runs its Daily Picks bonuses which change every day.
Slot Machine Casinos In Uk
JungleRaja will reward you with certain gifts, Holiday package and invitations to VIP parties.
Card Games Spades Hearts

मखान ब्राण्डिँगको लागि मखान उपहार

 ११ आश्विन २०८१, शुक्रबार २३:०६  
Makhan uphar (2)

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ असोज

पोषकतत्वले भरिपूर्ण मखान (मखाना) खेतीलाई आधुनिक बनाउन तथा उत्पादनलाई बढाउन महोत्तरी मटिहानीका किसानहरु लागिपरेका छन् ।
मटिहानी नगरपालिकाको वडानं. ६,७ र ८ मा बसोबास गर्दै आएका मल्लाह (सहनी), साह तथा मुस्लिम परिवारहरु ५० वटा पोखरीहरु ठेक्कामा लिएर मखान खेती गर्दै आएका छन् । मटिहानीका दुई दर्जनभन्दा बढी परिवारको पेशा नै मखान खेती रहेको छ ।
मल्लाह जातीको मात्रै पेशाको रुपमा चिनिएको मखान खेतीमा आम्दानी आउन थालेपछि अन्य जातिहरुको पनि सक्रियता बढेको मटिहानीमा मखान खेती गर्दै आउनुभएका किसान महेश सहनीले बताउनुभयो ।
उहाँले आफुले २५ देखि ४० टनसम्म मखान उपजाएको बताउनुहुदै पछिल्लो समय पानीको समस्याको कारणले उत्पादन घटेको जानकारी दिनुहुदै संघ, प्रदेश तथा स्थानीय सरकारले आफुहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
महेश टे«डर्स सञ्चालन गरि मखानको बजारीकरण गर्दै आउनुभएका महेशले मटिहानीको मखानलाई बाण्डिँग गर्न नगरपालिकाले विभिन्न सामग्रीहरु वितरण तथा सहयोग गरिरहेको वताउनुहुदै केही दिन अगाडी मात्रै नगरपालिकाल मखान खेती गर्ने कृषकहरूलाई बोरा, हाते झोला, त्रिपाल, बोरा सिलाउने मेसिन लगायतका सामग्रीहरू वितरण गरेको बताउनुभयो ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा करिब एक सयको हाराहारीमा पोखरी रहेको र त्यसमध्ये ५० जतिको पोखरीमा मखान खेती हुने गरेको जानकारी दिनुभयो । उहाँले यहाँबाट बर्सेनि कम्तिमा ४ सय क्वीन्टल मखान नेपालको विभिन्न शहरमा जाने गरेको बताउनुहुदै मटिहानीको मखान बाण्डिँग गर्न यहाँ आउने महानुभावहरुलाई मखान नै उपहार स्वरुप दिने गरिएको बताउनुभयो ।
अहिले मखान खेतीलाई आधुनिक बनाउन तथा उत्पादन बढाउन मटिहानी नगरपालिकाको समन्वयमा मिताहारा न्युट्रिसन ललितपुर, महेश टे«डर्स मटिहानी तथा मिथिला मखाना इन्ष्टिच्युटले संयुक्त रुपमा कार्यक्रमहरु लागु गरेको छ ।
मिताहारा न्युट्रिसन ललितपुरका कार्यकारी प्रमुख विजयराज पौडेलले महोत्तरी, धनुषा र सप्तरीमा लगभग २५९ बिग्हा जमिनमा मखाना खेती गरि १८४५ बोरा मखाना उत्पादन गरिएको जानकारी दिनुहुदै भारतबाट २१ हजार ६०० बोरा मखाना आयात गरिएको बताउनुभयो ।
उहाँले पुरानै खेती अभ्यास, आधुनिक प्रविधिमा पहुँच नहुनु, सिंचाईको समस्या लगायतहरु यो खेतीको लागि चुनौतीपूर्ण देखिएको बताउनुहुदै उत्पादकत्व बढाउन हामीहरुले यसक्षेत्रमा कामकाज गर्दैै आएको बताउनुहुदै सबैको सहयोग र समन्वयको लागि आग्रह गर्नुभयो ।
केही दिन अगाडी मात्रै आयोजना गरिएको ‘मधेशमा मखान खेतीको अवस्था र सम्भावना’ विषयक कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आवश्यकता धेरै तर उत्पादन कम भएको मखाना खेती गर्न किसानहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले पुजापाठदेखि लिएर हरेक कामकाजमा आवश्यक पर्ने मखान खेती अहिले खेत खेतमा गर्न सकिने भएपनि पानीको कारणले उत्पादकत्वमा कमी देखिएको चर्चा गर्नुहुदै मखाना खेतीलाई सघाउन प्रदेश सरकारले सहयोग गर्ने वचनवद्धता दिनुभयो ।
उहाँले मटिहानी नगरपालिकामा ३० क्विंन्टलभन्दा बढी मखान उत्पादन गर्ने हरि यादव, संजय सहनी, ललन मुखिया र विसुन सहनीलाई प्रशंसापत्र सहित सम्मान समेत गर्नुभएको थियो ।