‘टाटा ट्रस्ट’को कमान्ड सौतेनी भाइ नोएल टाटालाई – Jaleshwortoday

‘टाटा ट्रस्ट’को कमान्ड सौतेनी भाइ नोएल टाटालाई

 October 11, 2024  
1648500299_noel-baval-tata

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २५ असोज

रतन टाटाको मृत्युपछि समूहको सबैभन्दा ठुलो सरोकारवाला ‘टाटा ट्रस्ट’को कमान्ड सौतेनी भाइ नोएल टाटालाई सुम्पिएको छ । शुक्रबार मुम्बईमा भएको बैठकमा नोएलको नाममा सहमति भएको हो । आफ्नो पारिवारिक सम्बन्ध र समूहका धेरै कम्पनीहरूमा संलग्नताका कारण नोएल टाटा टाटा विरासतलाई अगाडि बढाउने बलियो दाबेदार थिए। नोएल टाटा पहिले नै सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टको ट्रस्टी छन् । हाल, एन चन्द्रशेखरन समूहको सबैभन्दा ठुलो कम्पनी टाटा सन्सका अध्यक्ष हुन् । तर यसभन्दा माथि टाटा ट्रस्ट रहेको छ जसको नेतृत्व टाटा परिवारका सदस्यहरूले गरेका छन्। आफ्नो मृत्युसम्म रतन टाटा ट्रस्टका प्रमुख थिए। ६७ वर्षीय नोएल टाटा नवल टाटाको दोस्रो पत्नीबाट छोरा हुन्। नोएल एक आइरिस नागरिक हुन्। नोएलले आलु मेसनसँग विवाह गरेको छ। आलु टाटा सन्सको सबैभन्दा ठुलो शेयरधारक पल्लोनजी मिस्त्रीकी छोरी हुन्। यो टाटा समूहको परोपकारी संस्थाहरूको समूह हो। १३ लाख करोड रुपैयाँ राजस्वसहित टाटा समूहमा यसको ६६ प्रतिशत हिस्सेदारी छ। टाटा ट्रस्टहरूमा सर रतन टाटा ट्रस्ट र एलाइड ट्रस्ट र सर दोराबजी टाटा ट्रस्ट र एलाइड ट्रस्ट समावेश छन्। गरिबी निवारण, स्वास्थ्य सेवा र शिक्षामा केन्द्रित यी ट्रस्टहरू रतन टाटाको विरासतका अभिन्न अंग हुन्।