शिक्षा र बालविवाह न्युनिकरण परियोजनाको संयुक्त अनुगमन - Jaleshwortoday

What is a flush in poker texas holdem

  1. Online Casino Real Money Canada Paypal: Also, the casino encourages its players to get in touch with customer support whenever they have a concern.
  2. Gambling Sites That Accept Canada Express - Anyone who has played games from this company before will know what to expect from an IGT video slot game.
  3. Free Play Bingo: Sign up today at Slotnite Casino and start reaping the rewards of our innovative loyalty program.

Two players poker games

Dollar 5 Minimum Deposit Casino Australia
New York has not yet passed legislation permitting online casinos to launch, so New Yorkers must head to Australia casino land to use the Caesars online casino.
Craps Gambling Ireland
These are the features in Twin Spin.
Also, the casino gives the players free spins with each deposit, no matter how big or small.

Roulette min bet

High Stakes Casino Europe Roulette Offline
The higher the specs, the better the playing experience.
Casino Australia Online Casino
Of course, this is just a long-winded way of saying don't second guess yourself if your bracket has a top seed winning it all.
Can You Own Slot Machines Legal In Australia

शिक्षा र बालविवाह न्युनिकरण परियोजनाको संयुक्त अनुगमन

 ८ पुष २०८१, सोमबार २२:५४  
WhatsApp Image 2024-12-23 at 17.26.00

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ पौंष

पूर्वी धनुषाको पालिकाहरुमा संचालित शिक्षा र बालविवाह न्युनिकरण परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले जिल्लाको विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिकासहित पाँच पालिकामा शिक्षा र बालविवाह न्युनिकरण परियोजनाको सोमबार संयुक्त अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले शिक्षा र बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विदेह नगरपालिकाको शिवशंकर मावि इटहर्वा र जनकनन्दनी गाउँपालिकाको श्रीशंकर मावि बनरझुलामा भएको भौतिक पूर्वाधार निर्माण तथा सफ्टवेयरको कार्य प्रगतिबारे जानकारी लिएका छन् ।

अनुगमन टोलीलाई शिवशंकर माविका प्रधानाध्यापक कृष्णदेव यादवले प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको शिक्षा परियोजना अन्तर्गत दुई तल्ले चारकोठे विद्यालय भवन निर्माण, अपांगता तथा लैंगिकमैत्री शौचालय निर्माण, खानेपानीको व्यवस्था, पुरानो शौचालय मर्मतसहित विभिन्न सामग्रीहरु सहयोग गरेको बताए ।

विद्यालय सरसफाईका लागि विभिन्न सामग्रीसहित शैक्षिक सामग्री पनि समय समयमा सहयोग गरिरहेको प्रअ यादवले अनुगमन टोलीलाई जानकारी गराए ।

पूर्वाधार निर्माणसहित शैक्षिक पूर्वाधार निर्माण गर्न प्राप्त सहयोगले विद्यालयमा विद्यार्थी नियमित भएको उनले थपे ।

केही वर्ष अगाडिसम्म २ सय विद्यार्थी रहेको शिवशंकर माविमा अहिले ९ सय ५१ विद्यार्थी छन् । विद्यार्थीको नियमिततामा पनि सुधार आउनका साथै गुणस्तरीय शिक्षा हुँदा चारैतिरको ध्यान विद्यालयले तान्न सफल भएको प्रअ यादवले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुमराती नदाफले विद्यालयले केही वर्ष यता कोल्टो फेरेको बताउँदै भौतिक पूर्वाधार कमजोर र शैक्षिक अवस्था पनि दयनिय रहेको अतित सम्झे । अहिले भने विद्यालयको मुहार फेरिएको छ, उनले भने–यसको कारक विद्यालयसँगै सहयोगी संस्थाहरु रहेका छन् ।

विदेह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बृजनन्दन मण्डलले दलित, मुस्लिम, आदिवासी जनजातीको बसोबास रहेका वडाका बालबालिका अहिले विद्यालय भर्ना भएको बताए ।

विद्यालयका शिक्षक उपेन्द्र यादवले विगतको समस्या सम्झिदै विद्यालयमा शौचालय, खानेपानीसँगै कक्षाकोठा अभावमा विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए । अहिले यस प्रकारको समस्याबाट विद्यालय मुक्त भएको हो, शिक्षक यादवले भने–विद्यालयमा लैंगिक समानता कायम गर्न सकिएको छ । छात्राहरुले पनि खुलेर प्रजनन अधिकारबारे आफ्नो समस्या राख्न थालेको उनले दावी गरे ।

शिक्षकहरुले लैंगिक समानता, महिनाबारी स्वच्छता लगायतको तालिम प्राप्त गरेपछि विद्यालयमा शैक्षिक वातावरण कायम गर्न सहयोग पुगेको उनले दावी गरे ।

विद्यालयमा देखिएको सुधारप्रति सन्तुष्टि व्यक्त गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । जाडो याममा पनि विद्यार्थीको संख्या उत्साहजनक रहेकाले गुणस्तरीय शिक्षा कायम गरे आगामी दिनमा विद्यालयले जिल्ला र देशमा समेत उत्कृष्ट हुने दावी गरे ।

शिक्षाको अवस्था कमजोर हुन नदिन शिक्षकहरुले सचेत हुन जरुरी रहेको शिक्षा विकास इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेलले बताए ।

विगत १२ वर्षदेखि विद्यालयमा सहयोग गरिरहेको बताउँदै आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवले भौतिक पूर्वाधार निर्माणसँगै अन्य सहयोग पनि गरेको जानकारी दिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख संगिता ठाकुर, विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झा, जिसस धनुषाका समन्वय प्रमुख सत्यनारायण मण्डल, अधिकृत सुबोध कुमार महतो, प्लान इन्टरनेशनल नेपालका मिहिर झा, आसमान नेपालका कोषाध्यक्ष रेखा यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि लगायतको टोलीले जनकनन्दनी गाउँपालिका–५ स्थित शंकर मावि बनरझुलाको पनि अनुगमन गरेका छन् ।

मावि बनरझुलाका प्रअ प्रदिप कुमार यादवले विद्यालयमा निर्माणाधीन कक्षाकोठा लगायत सफ्टवेयरतर्फ प्राप्त सहयोगबारे अनुगमन टोलीलाई जानकारी गराएका थिए ।