जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ पौष
मुनलाईट सेकेण्ड्री स्कुलले एक कार्यक्रम वीच ३४ औं वार्षिकोत्सव मनाएको छ । स्व.चन्द्र भुषण लाल कर्ण(सिवी सर) द्वारा स्थापित सो विद्यालयको प्रधानाध्यापक तथा संरक्षक उनको छोरी कंचन कर्णको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालयको रजिष्ट्रार सत्यनारायण साह,नगर प्रमुख मनोज कुमार साह,विशिष्ट अतिथि वडा नं.—४ को वडाध्यक्ष सुरेश झा, मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा. अमरेन्द्र कुमार साह,सल्लाहकार प्रा. भोला मिश्र,सचिव प्रा.पवन कुमार साह,ऐन प्याब्सनको पूर्व अध्यक्ष अवधेस तिवारी,सचिव डीके चौधरी,शिक्षक राजकुमार झा लगायत पूवं विद्यार्थीहरु,अभिभावक,विद्यार्थीहरु तथा पत्रकारको उपस्थिति रहेको थियो । अध्यक्ष कर्णले उपस्थित सबै जनालाई खाँदा तथा टीकाले सम्मान गर्नु भएका थिए । कार्यक्रममा रजिष्ट्रार साहले शुभकामना दिदै आज रजिष्ट्रार भन्दा पनि सिवी सरको साथी भन्न मन लाग्दछ, बताउनुभयो । साथै वहाँले मधेस प्रदेशमा प्राविधिक शिक्षा प्रदान गर्नमा यो विश्वविद्यालय देश भरीमै अग्र पंक्तीमा काम गरीरहेको छ भने देशभरी नै सम्बन्धन समेत दिइरहेको बताउनुभयो । धनुषाको फुलगामामा यस विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना हुन लागेको र हाल भोला सिंह लायन्सको भवनमा २० वर्षको लिजमा संचालनमा रहेको बताउनुभयो । नगर प्रमुख साहले वार्षिकोत्सवको शुभकामना दिदै सिवी सरको अथक प्रयासलाई सबैले सम्मान गर्ने बताउनुभयो । मधेस प्याब्सनको के.अध्यक्ष झाले यस विद्यालयलाई पुरानो उचाईमा पुरयाउन हाम्रो संगठन सदैव सहयोग गर्ने बताउनुभयो । त्यसैगरी सल्लाहकार मिश्रले शुभकामना दिदै जनकपुरधाममा अंग्रेजी भाषाको वातावरण बनाउनमा सिवी सरको अमूल्य योगदान रहेको बताउनुभयो । त्यसै गरी सचिव साहले शुभकामना दिदै मुन लाइट स्कुलको संस्थापक सिवी सरले जनकपुरधामलाई शिक्षाको हव बनाउनमा प्रमुख भूमिका निर्वाह गर्नु भएको बताउनुभयो । ऐनप्याब्सनको पूर्व जिल्ला अध्यक्ष तिवारी तथा सचिव चौधरीले सिवी सर प्रति श्रद्धाञ्जलि अर्पण गदैै वार्षिकोत्वको शुभकामना दिनुभयो । अन्त्यमा कार्यक्रमको अध्यक्ष प्रधानाध्यापिका कंचन कर्णले सबै आदरणीय प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि,अभिभावक,पूर्व विद्यार्थी,कर्मचारी तथा सहयोगीहरुप्रति आभार प्रकट गर्दै बुबा सिवी सरको त्याग र वहाँबाट सिकेका गुण तथा प्रेरणाको बारेमा बखान गर्नुभयो ।
