नेपाल सद्भावना पार्टीद्वारा विभिन्न राजनीतिक दलसँग वार्ता गर्न वार्ता समिति चयन – Jaleshwortoday

नेपाल सद्भावना पार्टीद्वारा विभिन्न राजनीतिक दलसँग वार्ता गर्न वार्ता समिति चयन

 January 13, 2025  
Ram Kumar Mahato

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २९ पौंष

नेपाल सद्भावना पार्टीद्वारा विभिन्न राजनीतिक दलसँग वार्ता गर्न ३ सदस्ययी वार्ता समिति चयन गरिएको छ ।
वार्ता समितिको संयोजकमा पार्टीको सहअध्यक्ष कालीपद शर्मा,सदस्यहरुमा उपाध्यक्ष अमरेन्द्र कुमार झा र महासचिव सरस्वती कुमारी झा रहेका छन् । यो समितिले मधेस तथा नेपालभरी छरिएर रहेका विभिन्न राजनीतिक दलहरु तथा विचार मिल्ने विभिन्न शक्तिहरुसँग वार्ता गर्ने राष्ट्रिय अध्यक्ष राम कुमार महतोले बताउनु भयो । अध्यक्ष महतोले विगत ३ दशकदेखि मधेस,मधेशी तथा मधेशबादको लागि संघर्षरत नेपाल सद्भावना पार्टीको लागि भइरहेको गठबन्धन,सहकार्य,मोर्चाबन्दी र एकताको प्रयास सराहनीय रहेको साथै नेपाल सद्भावना पार्टी यस कार्यको उच्च प्रशंसा गर्दछ बताउनुभयो । अध्यक्ष महतोले यो वार्ता समितिले नेपाललाई एक पटक फेरी पूर्ण समानुपातिक तथा सबैको राज्य बनाउन सबै दलहरुसँग वार्ता गर्न तयार रहने बताउनुभयो ।

840e14fd-f186-4e88-a7ea-804ab3666f39