" >
सेवाश्रम नेपालद्वारा संचालित हाजिरीजवाफ प्रतियोगिताको १६औं संस्करणमा उपेन्द्र प्रथम - Jaleshwortoday

सेवाश्रम नेपालद्वारा संचालित हाजिरीजवाफ प्रतियोगिताको १६औं संस्करणमा उपेन्द्र प्रथम

 २७ माघ २०८१, आईतवार ००:२३  
15

सोनी साह
जनकपुरधाम, २६ माघ

सेवाश्रम नेपालद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रमको १६औं संस्करणमा सामुदायिक विद्यालयको शिक्षक उपेन्द्र कुमार यादव प्रथम भएको छ । निवृत्त सामुदायिक शिक्षक दानीकान्त झाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई धनुषाको निमित इकाई प्रमुख प्रतिभा कुमारी साह, विशिष्ट अतिथि जलेश्वरटुडे राष्ट्रिय दैनिक र अनलाइनको प्रकाशक तथा सम्पादक तथा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको प्रधानाध्यापक प्रा.पवन कुमार साह तथा विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई धनुषाको कम्प्युटर प्राविधिक जितेन्द्र कुमार ठाकुरको गरिमामय उपस्थिति रहेको थियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई गमछा ओढाई सम्मान गरिएको थियो । प्रतियोगितमा प्रथम हुने सामुदायिक विद्यालयको शिक्षक उपेन्द्र कुमार यादवलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले सामुहिक रुपमा ५० वटा रिचार्ज बराबरका सामानहरु फाइबर सिरक १ थान,डोरमैट १ थान,डट ४ थान, १ किलो चिनीले सम्मान गर्नुभएको थियो । त्यसै गरी प्रतियोगितामा द्वितिय हुने छात्र राहुल यादवलाई सँयुक्त रुपमा ३० वटा रिचार्ज बरारको सामानहरु ब्याग १ थान,सेनिटाइजर र डोरमैट १ थान प्रदान गरिएको थियो । त्यस्तै तृतिय हुने छात्र शिवम साहलाई सँयुक्त रुपमा २९ वटा रिचार्ज बराबरको सामानहरु करुवा १ थान,जल चढाउने लोटनी १ थान र डोरमैट १ थान प्रदान गरिएको थियो । चतुर्थ हुने छात्र उज्जवलजी उन्नतिलाई २३ वटा रिचार्ज बराबर ईन्सुलेटेड हट पट १ थान,डायरी १ थान,हाईलाईटर १ थान,साबुन १ थान र मार्कर १ थान प्रदान गरिएको थियो भने सबैभन्दा कम उमेरको प्रतियोगि उत्कृष्टजी उपमालाई २ वटा रिचार्ज बराबर १ पैकेट बिस्कुट र टुथपेष्ट प्रदान गरिएको थियो । त्यसैगरी महिला प्रतियोगि प्रमिला यादवलाई १३ वटा रिचार्ज बराबर डायरी,पेन,ग्लुस्टिक,साबुन र जलचढाउने लोटनी प्रदान गरिएको थियो । त्यसै गरी कार्यक्रममा सहभागी शिवलाल साह,रामगोपालपुर,जनकपुरधाम तथा हिमाली ई.बो.स्कुलको छात्रलाई आकर्षक उपहार प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा शि.वि.स.ई प्रमुख साहले यस सेवाश्रम नेपालको विकासको लागि व्यक्तिगत रुपमा तथा अन्य हिसाबले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो साथै धनुषाको जानकी एफएम झै महोत्तरी जिल्लामा समेत रेडियोको मार्फत कार्यक्रम संचालन गर्न सल्लाह दिनुभयो । विशिष्ट अतिथि प्रा.साहले मधेस प्रदेशमा यसरी खुल्ला रुपमा यस्तो कार्यक्रम संचालन गरेकोमा अध्यक्ष झाको उच्च प्रशंसा गर्दै अगामी दिनहरुमा यस्ता कार्यक्रमहरुको समाचार सम्प्रेषणमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । यो कार्यक्रम प्रत्येक शनिवार र आइतबार राति ८ बजेदेखि १०ः४५ सम्म जानकी एफएम १०६ मेगाहर्जबाट संचालन हुदै आएको आयोजकले जानकारी गराए । अन्त्यमा अध्यक्ष झाले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

1