जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ फागुण
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर– ४ मा अवस्थित श्री जनता माध्यमिक विद्यालय हलखोरीको व्यवस्थापन समितिको अध्यक्षमा रामनाथ यादव निर्वाचित हुनु भएको छ ।
विगत एक वर्षदेखि व्यवस्थापन समितिविहिन रहेको मावि हलखोरीको व्यस्थापन समितिको अध्यक्ष पदमा बिहीबार स्थानीय रामनाथ यादव निर्वाचित भएर पदभार ग्रहण गर्नुभएको हो ।
त्यस्तै व्यस्थापन समितिको सदस्यहरुमा छोटी देवीयादव, रीता देवी राम, सुशिल रायर रामदेव रायनिर्वाचितहुनुभएको हो ।
उहाँलाई बिहीबार नै विद्यालयमाआयोजितपदभार तथा सपथ ग्रहण कार्यक्रममा निर्वतमान अध्यक्ष नविन यादवले माला र अबिर लगाउँदै नयाँअध्यक्षको रुपमा जिम्मेवारी सुम्पिनु भएको हो ।
पदभार तथा सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यादवलाई विद्यालयका प्रधानाध्यापक सुरेश यादव सहित सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारी लगायतकाले माला र अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
त्यस्तै स्थानीय राजनीतिककर्मी, वडाका निर्वाचितपदाधिकारी र शुभेच्छुक तथा शुभचिन्तकहरुले पनि नवनिर्वाचित अध्यक्ष यादवलाई विद्यालयमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष रामनाथ यादवले विभिन्न कारणवश यस विद्यालयविगत एक वर्षदेखि व्यवस्थापन समिति विहिन रहेको र निक्कै संघर्ष पश्चातआज यस विद्यालयमा आफू व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएको बताउँदै यस संघर्षमा आफूलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो भने उहाँले यस विद्यालयको शैक्षिक विकासका साथै चौतर्फी विकास गर्नेमा आफू सधैं तत्पर र तयार रहने प्रतिबद्धता प्रकट गर्नुभयो ।
