" >
एकडारामा शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच उद्घाटन कार्यक्रम सम्पन्न - Jaleshwortoday

एकडारामा शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच उद्घाटन कार्यक्रम सम्पन्न

 ४ फाल्गुन २०८१, आईतवार २३:०२  
1

आरजे इर्शाद
जलेश्वर, फाल्गुन ४ गते

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा न २ बेला स्थित रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयको प्राङ्गणमा शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल सरकारद्वारा लागु गरिएको विद्यालय स्वास्थ्य तथा पोषण निर्देशिका २०७१ अनुसारको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ ।
यस सन्दर्भमा World vision International Nepal को साझेदार संस्था दलित समाज उत्थान समिति (DSWCN) नेपालको आयोजनामा नेपाल सरकारको विद्यालय स्वास्थ्य तथा पोषण निर्देशिका २०७१ अनुसार विद्यालयका आधारभूत तहका विद्यार्थीहरुको शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच कार्यक्रममा प्रशिक्षण (TOT) लिएका स्वास्थ्य सम्पर्क शिक्षक(Health Focal Teacher)
,Casual Staff’s र सम्बन्धित वडाको Field mobilizer परिचालन गरि शिविर सचालन भइरहेको छ ।
गाउँपालिकामा संचालित Protection- Community Engagement and child sponsorship Program अन्तर्गत शिविरमा बाल स्पोन्सरशिप कार्यक्रम अन्तर्गत गाउँपालिकाको १ देखि ७ वडाहरुमा दर्ता भएका ३२ सय ६१ बालबालिकाहरु र अन्य समुदायको बालबालिकाहरु समेत गरेर ४ हजार बालबालिकाहरुको स्वाथ्य जाँच गर्ने योजनामा आज ५ सय ५० बालबालिका मध्ये २०० जनाको प्रारम्भिक स्वास्थ्य जाँच सम्पन्न भएको छ । उक्त कार्यक्रम पालिकाका सम्पुर्ण वडाहरुमा फाल्गुन ४ देखि ७ गते सम्म संचालन गरिनेछ ।
उदघाटन कार्यक्रमको अध्यक्षता दलित समाज उत्थान समिति नेपाल (DSWCN ) को कार्यक्रम सल्लाहकार पुनित कुमार चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा एकडारा गाउँपालिकाको अध्यक्ष दिप नारायण मण्डल, अतिथिहरुमा वडा न २ को वडा अध्यक्ष शखिचन्द्र यादव, विधालयका व्यवस्थापन समितिका अध्यक्ष संजिव यादव, प्रधानाध्यापक धनन्जय मिश्रा, शिक्षक शिक्षिकाहरु,पत्रकार तथा अभिभावकहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा पालिका अध्यक्ष मण्डलले आफ्नो मन्तव्य राख्दै ‍यो कार्यक्रम हाम्रो समुदायको तथा बालबालिका हरुको लागि सुनौलो अवसर प्रदान गरेको देखिन्छ ।
कार्यक्रमको उदेश्य DSWCN को Sponsorship Quality Control officer देवि प्रसाद निरौलाले प्रष्ट पार्नु भएको थियो।

संचालित कार्यक्रमका संयोजक उतिम चन्द्र चौधरीले ४ हजार भन्दा बढी बालबालिकाहरुको स्वास्थ परिक्षण गर्ने योजना रहेको छ भन्ने जानकारी दिनुभयो।

2 2