आरजे इर्शाद शेख
जलेश्वर, ७ फागुन
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.०२ स्थित ल.च.मु.उ.मा.वि.को खेल मैदानमा प्रजातन्त्र दिवस २०८१ को अवसरमा आज यस जिल्ला प्रहरी कार्यालय महोत्तरी र जलेश्वर नगरपालिका को संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र जलेश्वर नगरपालिका बिच मैत्रीपुर्ण फुटबल खेल भएको छ ।
खेलमा नेपाल प्रहरी सात गोल गर्दै जितेका थिए भने जनप्रतिनिधिले गोल रहित रहे जनप्रतिनिधिको तर्फ बाट खाता पनि खोल्न सकेनन ।
जनप्रतिनिधि तर्फ्का खेलाडी जलेश्वर नगर प्रमुख सुरेश साह सोनार,वडा अध्यक्ष वरुण दहाल, वडा अध्यक्ष हरीश चन्द्र महतो, वडा अध्यक्ष मनोज साह, वडा अध्यक्ष कृष्ण मोहन शर्मा, वडा अध्यक्ष बीरेन्द्र यादव, वडा अध्यक्ष रत्न चौधरी,वडा अध्यक्ष छबी लाल यादव,वडा अध्यक्ष बिकाऊ दास रहेको थियो भने
नेपाल प्रहरी महोत्तरीको प्रहरी नायव उपरीक्षक सन्तु लाल प्रसाद जैसवार, प्रहरी निरीक्षक विशाल सिंह,नन्द किशोर प्रसाद चौहान, सुरज दुलाल, प्रहरी वरिष्ठ नायब निरीक्षक जय प्रकाश, प्रमानन्द यादव, मोहम्मद बसीर अखतर अंसारी सहितको सहभागिता रहेको थियो ।
