" >
मनरासिस्वा नगरपालिकामा पशुपंक्षी खोप कार्यक्रम समुद्घाटन समारोह सम्पन्न - Jaleshwortoday

मनरासिस्वा नगरपालिकामा पशुपंक्षी खोप कार्यक्रम समुद्घाटन समारोह सम्पन्न

 १३ फाल्गुन २०८१, मंगलवार २२:४३  
1

आरजे इर्साद शेख
महोत्तरी, १३ फाल्गुन

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका वाड नम्बर ३ सोनौलमा आज मंगलबारका दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र जलेश्वरको आर्थिक बर्ष २०८१/८२ को बार्षिक कार्यक्रम बमोजिम पशुपंक्षि खोप कार्यक्रम अन्तरगतको खोप समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता अस्पतालका प्रमुख डा इन्देश झाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव बिनय कुमार कर्ण सहित जनप्रतिनिधिहरु, पशु सेवा शाखाका कर्मचारिहरु, पत्रकार तथा अन्य जनसमुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष झाले पाशुपंक्षी खोप अन्तरगत बिगत बर्ष देखि गाई, भैंसी, बाख्रा, बङ्गुरहरुलाई खोप दिदै आइरहेकाछौ त्यसरिनै यो बर्ष पनि हामी बिधिबत रुपमा ठूलो मात्रामा गाउँ गाउँ टोलटोलमा खोपकर्ताहरु द्वारा खोप दिइने व्यवस्था मिलाएका छौ जसमा २ देखि ३ किसिमको खोप दिइनेछ पहिलो चरणको खोप पश्चात् केही दिन पछि अर्को खोप दिइनेछ पहिलो चरणमा गाई भैसीहरुलाई आधा रोग विरुद्ध खोप दिइनेछ भन्ने जानकारी गराउनुभयो।
प्रमुख अतिथि कर्णले पशुपंक्षिलाई सुरक्षीत कसरी गर्ने कुरालाई खोला र बाँधको उदाहरण दिदै खोलाम बाँध बाधेर राखेपनी पानीको धक्काले बाँधलाई कमजोर बनाउछ त्यसरिनै सबै गाई भैसिलाई खोप लागेन केही मात्रामा बकि छ भने त्यसले असर पार्न अत्यधिक सम्भावना हुन्छ त्यही भएर एउटा पनि नछुट्ने गरि खोप लगाउनुपर्छ भनी जिक्र गर्नुभयो ।