जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १५ फागुन
ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डिङ्ग स्कुलले ३४ औं वार्षिकोत्सवको अवसरमा आज प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रम विधिवत रुपमा विद्यालयको प्राचार्य अमरेन्द्र कुमार झा,गुरुवर्ग,विद्यार्थीहरु,मधेस प्याब्सनको सचिव प्रा.पवन कुमार साह,राष्ट्रिय आवाजको संचालक ओम प्रकाश यादव,पत्रकार,बलवा टोल चौकीको प्रहरी तथा ट्राफिक प्रहरीको समेत उपस्थितिमा संचालन भएको थियो । सो प्रभातफेरी विद्यालयको प्लस टुको नयाँ भवनबाट शुरु भई रामानन्द चौक,आँखा अस्पताल रोड,पिरारी,ज्ञानकूप विद्यालय,भ्रमरपुरा चौक हुदै नेपाल टेक्निकलको बाटो हुदै पुनः विद्यालयमा पुगी समापन भएको थियो । कार्यक्रममा देशभक्तीका गीतहरु बजाइएका थिए भने विद्यार्थीहरुको हात—हातमा नेपालको झण्डा तथा विद्यालयको आफ्नो झण्डा फहराइएको देखिएका थिए । विद्यालयका विद्यार्थी तथा शिक्षकहरु समेत विद्यालयको अनुशासित एक रंगको पोशाकमा देखिएका थिए । यस कार्यक्रमले समाजमा छरिएर रहेका विद्यार्थीहरु तथा अभिभावकहरुलाई थप साकारात्मक उर्जा प्राप्त हुने आशा गरिएको प्राचार्य झाले बताउनुभयो । साथै शुक्रबार विद्यालयको ३४औं वार्षिकोत्सव मधेस प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्री माननीय रानी कुमारी तिवारीको प्रमुख आतिथ्यमा समपन्न हुने सो कार्यक्रममा सबै अभिभावक,गुरु,विद्यार्थी,ईष्टमित्र,शुभेच्छुक, नागरिक समाज तथा बुद्धिजिवीहरुलाई
कार्यक्रममा समयमै उपस्थित भई दिन प्राचार्य झाले आग्रह गर्नुभयो ।

