आरजे इर्साद शेख
महोत्तरी, २६ फाल्गुन
संघीय सांसद नागिना यादवले आज महोत्तरी जिल्लामा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरको अनुगमन गरेकी छिन् । अनुगमनको क्रममा अस्पतालको अवस्था र आवस्यकता सम्बन्धि विषयलाई लिएर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास साहले सांसद यादवलाई ध्यानाकर्षण गराएका थिए । उक्त अवसरमा सांसद यादवले अस्पतालमा भर्नारत बिरामीको हालखबर र सेवा सम्बन्धि जायजा समेत लिएकी थिइन् ।
