डिभिजन वन कार्यालय महोत्तरीद्वारा विभिन्न योजनाहरु राम्ररी समपन्न – Jaleshwortoday

डिभिजन वन कार्यालय महोत्तरीद्वारा विभिन्न योजनाहरु राम्ररी समपन्न

 April 15, 2025  
11

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ बैशाख
डिभिजन वन कार्यालय महोत्तरीद्वारा संचालित विभिन्न योजनाहरु राम्ररी समपन्न भएको छ ।
वन प्रमुख अजय कुमार मिश्रको अनुसार बर्दिबास सब डिभिजन कार्यालय,सुरक्षा शाखा पञ्चधुरा,गढन्ता सब डिभिजन बन कार्यालय,टुटेश्वर सब डिभिजन बन कार्यालय तथा बाँके सब डिभिजन वन कार्यालय लक्ष्मीनियाँ लगायतका निर्माण सम्बन्धी कार्यालय आफूले प्रक्रिया पुरा गरी समपन्न गराएको बताउनु भयो । वन प्रमुख मिश्रले कागजी मिलान गरेर ठेक्केदारसँग रकम असुल गरेको र कामै नभएको योजनामा समेत भुक्तानी गर्नका लागी टिप्पणीमा हस्ताक्षर गर्न दबाब दिएको सम्प्रेषित समाचार निराधार रहेको र मैले कामै गरेको छैन भने विभिन्न ठाउँहरुका निर्माण समपन्न भएका सब डिभिजन वन कार्यालयहरु मेरो लागि ठोस प्रमाणहरु हुन् र गलत बताउनेहरुका लागि मेरो जवाफ रहेको वहाँले थप्नुभयो ।
वन प्रमुख मिश्रले आफूले कुनै पनि योजनाको कार्य समपन्न गर्न गराउन कसैलाई पनि कुनै किसिमको गलत रकमको लेनदेन नगरेको बताउनुभयो । साथै मेरो कुनै पनि आफन्त यस योजना निर्माण सम्बन्धी कार्यहरुमा संलग्न नरहेको बताउनुभयो ।
वन प्रमुख मिश्रले आफू सेवाग्राहीको हकहितका लागि सदैब तत्पर रहेको कारण अहिलेसम्म करिब ३० हजार जिएफटी काठ महोत्तरीमा सरल र सुलभ तरिकाले शुपथ मूल्यमा आम जनतालाई बाँडेको बताउनुभयो ।