मोनाष्टिकको मनोमानी, नगरको निर्णय नमान्ने - Jaleshwortoday

How to make a zapper for slot machines

  1. Megapari Casino Review And Free Chips Bonus: Each pick can give you an instant win, a Sword part or a Trap.
  2. Kingswin Casino Bonus Codes 2025 - This bonus will be completed in order to benefit from a welcome bonus, with the exception of some the biggest welcome bonuses available to claim.
  3. Progressive Jackpot Slots Online: The casino is not optimized for mobile phones and players can download the app on PC or access it through the web browser.

Make money with online cryptocurrency casinos for free and without spending

Canada Free Chip Casino
Loyal Casino has certain sections of Bonus Terms and Conditions that we consider to be unfair to the casino's players.
Earn Money Gambling Online
As for finding the best Live Casino game developers, look for big names like Evolution Gaming, Ezugi, NetEnt and Playtech who all offer immersive, high-definition live games from casino studios throughout Europe.
The slot highlights include the sizzling MegawaysTM mechanic, tumble feature, respins and an ante bet option.

Online cryptocurrency casino games to win money

Bambet Casino Bonus Codes 2025
There are exclusive deals where you keep what you win too.
Casino Free Welcome Bonus No Deposit Required
It is enough to land 3-5 matching symbols (or 2-5 matching highest-paying symbols) on 1 of the lines to get a payout.
Phbet Casino 100 Free Spins Bonus 2025

मोनाष्टिकको मनोमानी, नगरको निर्णय नमान्ने

 ३ बैशाख २०८२, बुधबार २३:०१  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ बैशाख

जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयमा लागू गरेको पाठ्यपुस्तकमा एकरुपताको निर्णयलाई मोनाष्टिक बोर्डिङ स्कुलले नमान्ने भएको छ । ट्राफिक व्यवस्थापनमा समेत अटेर गर्दै आएको मोनाष्टिकले जनकपुरधाम उपमहानगरपालिकाले लिएको नीति विरुद्ध खडा भएको हो ।
शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्ने उद्येश्यले जनकपुरधाम उपमहानगरपालिकाले यसै वर्षदेखि संस्थागत विद्यालयहरुमा एकै प्रकाशनको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका शिक्षा तथा खेलकूद विकास शाखा प्रमुख धीरेन्द्रलाल कर्णले गएको चैत २९ गते नगरभरिका संस्थागत विद्यालयहरुलाई पत्राचार गरेर पाठ्यपुस्तकमा एकरुपताको निर्णय लागू गर्न निर्देशन गरेको थियो ।
तर, मोनाष्टिक स्कुलले नगरको निर्णय अटेर गर्दै बढी कमिशन आउने प्रकाशनको पाठ्यपुस्तक लागू गर्दै विद्यार्थीलाई पुस्तकको सूचीसहितको पूर्जा थमाइसकेको छ ।
तोकेको पुस्तकबाट मात्र किताब खरिद गर्न निर्देशन दिदै मोनाष्टिकका संचालक डा. सोनु साहले उपमहानगरपालिकाको निर्णयलाई बेबास्ता गरेका छन् । उपमहानगरपालिकाको निर्णयको पटक पटक अटेर गर्दै आएको मोनाष्टिक स्कुलमा हाल सबैभन्दा बढी विद्यार्थी रहेको छ ।
पाँच हजार भन्दा बढी विद्यार्थी रहेको मोनाष्टिकका संचालकले वर्षेनी कमिशनमै स्कूल बस प्राप्त गर्दै आएको श्रोतको दावी छ ।
नयाँ शैक्षिक वर्ष सुरु हुन अगावै प्रकाशकले मोनाष्टिकसितको सेटिङ गरेर कमिशन उपलब्ध गराउँदै आएको छ । कमिशनको सेटिङ भइसकेकाले उपमहानगरपालिकाले जति निर्णय गरेपनि त्यो कार्यान्वयन हुने कुनै सम्भावना नरहेको एक जना विद्यालय संचालकले बताए ।
लाखौ रुपैयाँ कमिशन आउने भएकाले उपमहानगरपालिकाको निर्णयलाई कार्यान्वयन गर्ने कुनै सम्भावना नरहेको उनले भने–कमिशन वापत स्कुल बससहित मोटो रकम छाड्ने कुरै भएन् ।
ती संचालकका अनुसार प्रकाशकले निजी विद्यालयको पाठ्यपुस्तक खरिदमा अभिभावकलाई १० प्रतिशत छुट दिने गरेको छ भने सम्बन्धित विद्यालयलाई २५ देखि ३० प्रतिशतसम्म कमीशन दिने गरेको छ ।
पीजीदेखि कक्षा १० सम्मको पाठ्यपुस्तक खरिद गर्न अभिभावकले हजारौ रुपैयाँ खर्चिनुपर्ने बाध्यता रहेको छ ।
सस्तो पाठ्यपुस्तक महगोमा खरिद गर्न लगाएर मोनाष्टिकले अभिभावकको पैसा प्रकाशकमार्फत कमीशन असुल गरिरहेका छन् । विद्यार्थी विद्यालयमा राखे वापत अभिभावकले मोनाष्टिकलाई शुल्क तिर्दै आएको छ । पाठ्यपुस्तकको कमीशन अभिभावकबाट थप असुली हो ।
३० प्रतिशत थप गरेर ४० प्रतिशतसम्म छुट गर्न लगाउँदा अभिभावकलाई केही हदसम्म राहत हुने थियो ।
तर, भानुचोकमा आफैले संचालन गरेको पुस्तक पसलबाट विद्यार्थीलाई पाठ्यपुस्तक खरिद गर्न बाध्य पार्ने मोनाष्टिकका संचालकले स्कूल बस पनि सडक पेट्टीमा पार्किङ गरेर मनोमानी गर्दै आएको छ । यसबारे मोनाष्टिकका संचालक डा. साहसित प्रतिक्रिया लिन खोज्दा विद्यालयमा कार्यरत्त एचआर (ह्युमन रिसोर्स) लाई मोबाइल दिएर पञ्छिए ।
उपमहानगरपालिकाले लागू गरेको पाठ्यपुस्तकमा एकरुपता कार्यान्वयन नगर्ने निजी विद्यालयलाई कारबाहीको दायरामा ल्याउने शिक्षा तथा खेलकूद विकास शाखाका प्रमुख कर्णले बताए ।
पालिकाले ल्याएको शिक्षा निर्देशिका अनुसार निर्देशन कार्यान्वयन नगर्ने निजी विद्यालयलाई २५ हजार रुपैयाँ जरिवाना र इजाजत पत्र खारेज गर्नेसम्मको व्यवस्था रहेको कर्णले बताए ।
उपमहानगरपालिकाले ल्याएको एकरुपता कार्यान्वयनमा आइसकेको कर्णले दावी गरेपनि जनकपुरमा मोनाष्टिकसहित नाम चलेका निजी विद्यालयहरु भने आफ्नो अनुकूलको पाठ्यपुस्तकको सूची विद्यार्थीलाई वितरण गरेको छ ।
जनकपुरधाममा रहेका निजी विद्यालयहरुले निर्देशनको पालना गर्नुपर्ने प्याब्सन नगर कार्य समितिका अध्यक्ष रविन्द्र चौधरीले बताए ।
प्याब्सन मातहत रहेका ५१ वटा विद्यालयसहित नगरभरिका करिब १ सय २० निजी विद्यालयले उक्त निर्देशन कार्यान्वयन गर्नुपर्ने तर्क चौधरीको छ ।
कुनै बेला शिक्षाको हव मानिएको जनकपुरधाममा केही वर्ष यता शिक्षाको स्तर खस्किदै गएको छ । खस्किदै गएको शिक्षाको स्तर सुधार्नका लागि उपमहानगरपालिकाले थालेको प्रयासमा आफूहरुले पनि सहयोग गर्नुपर्ने धारणा चौधरीको थियो । प्याब्सन, एनप्याब्सन, मधेश प्याब्सन र नेपाल प्याब्सनका पदाधिकारीसहितको बैठकले चालु शैक्षिक वर्षदेखि उपमहानगरपालिका भित्र पाठ्यपुस्तकमा एकरुपता कायम गर्ने निर्णय गरेको छ ।
सोही निर्णय बमोजिम उपमहानगरपालिकाले गएको चैत ११ गते पत्राचार गरेर निजी विद्यालयहरुलाई पाठ्यपुस्तकको विवरण उपलब्ध गराउन भनेको थियो । तर, कुनै विद्यालयले पाठ्यपुस्तकको विवरण उपलब्ध नगराउँदा निजी विद्यालयका छाता संगठनका पदाधिकारीहरुको बैठक गरेर प्रकाशकसहितको पाठ्यपुस्तक नामावली छनौट गरिएको शिक्षा तथा खेलकूद विकास शाखा प्रमुख कर्णले बताए ।
केही व्यक्तिहरुको बैठकबाट लागू गरिएको पाठ्यपुस्तक एकरुपता कार्यान्वयनमा समस्या रहेको एक विद्यालय संचालकले बताए । विज्ञहरुसित छलफल केही दिन अगावै लागू गरेको भए कार्यान्वयनमा ल्याउन झन्झट हुदैन्थ्यो । तर, अव भने कठिनाई रहेको उनले थपे ।