जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २७ बैशाख
विभिन्न पार्टीहरु परित्याग गरी दर्जनौ नेताहरु एक कार्यक्रम वीच नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् । नेसपाको राष्ट्रिय अध्यक्ष राम कुमार महतो तथा सर्वमाननीय नेता अधिवक्ता रामचन्द्र कुशवाहाको उपस्थितिमा बलवा नगरपालिका अन्तर्गत भगबतीपुरका दर्जनौ नेताहरु रोशन कुमार मिष्क्ष,बेबी कुमारी देवी,सुभाष कुमार ठाकुर बरही,निरज कुमार बरही,अनिता कुमारी,विभा देवी झा,सुमन कुमार झा,अन्जना कुमारी सिंह,सिमा कुमारी सिंह,गजाधर मिष्क्ष,रामबुझाउन मण्डल,कमलेश कुमार यादव र बर्दिवास निवासी रमेश शाह भंगहा निवासी अर्जुन भुजेल,जलाम अन्सारी लोसपा,एमाले जस्ता पार्टीहरु परित्याग गरी नेसपामा प्रवेश गरेका थिए । अध्यक्ष महतोले नवप्रवेशी नेताहरुलाई हार्दिक स्वागत गर्नुका साथै सबै जनालाई बधाई समेत ज्ञापन गरेका छन् ।
