आरजे इर्शाद शेख
महोत्तरी, ३० बैशाख
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सेभ द चिल्ड्रेनको सयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत यस वर्ष २०८२ को विद्यालय भर्ना अभियान ¥याली –२०८२, परियोजना संचालित विद्यालय श्री मा.वि पर्सा पतैलि र जलेश्वर नगरपालिका वार्ड नं ५ को वार्ड कार्यालयको सहकार्य र समन्वयमा सम्पन्न गरिएको छ ।
¥याली कार्यक्रम विद्यालय परिसरबाट शुरु भई उक्त वार्डको ४ ओटा गाउवस्ति र दलित समुदाय टोल हुदै झण्डै २ घण्टा ¥याली निकालिएको थियो । यस वर्ष २०८२ को नारा सबै वालवालिकाको विद्यालयमा सहभागिता गुणस्तरिय शिक्षा प्राप्तिको सुनिश्चितता नारा सहित विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, शिक्षक,
पत्रकार र संस्थाका अध्यक्ष एवं पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा ¥याली कार्यक्रम सम्पन्न भएको थियो । ¥यालिको मुख्य उद्देश्य पढने उमेरका सबै वालवालिकाहरु विद्यालय भर्ना हुन र कुनै पनि वालवालिका विद्यालयबाट वञ्चित नरहोस भन्ने रहेको छ ।

