नेपाल सद््भावना पार्टिको महोत्तरी संयोजकमा कापर चयन,दर्जनौ कार्यकर्ताद्वारा पार्टि प्रवेश – Jaleshwortoday

नेपाल सद््भावना पार्टिको महोत्तरी संयोजकमा कापर चयन,दर्जनौ कार्यकर्ताद्वारा पार्टि प्रवेश

 July 31, 2021  
Nepal

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ श्रावण

नेपाल सद्भावना पार्टिको महोत्तरी संयोजकमा जलेश्वर न.पा. वडा नं. ७,बख्रीको देबेन्द्र कापर चयन गरिएको छ ।
वहाँलाई पार्टि प्र्रवेश तथा माला र टीका लगाई बरिष्ठ नेता प्रो.राजेन्द्र प्रसाद सिंह र राष्ट्रिय अध्यक्ष राम कुमार महतोले संंयुक्त रुपमा बधाई तथा शुभकामना समेत दिएका थिए । कापर यस अघि एमाले पार्टिको तर्फबाट जलेश्वर न.पा.को नगर समिति सदस्य थिए । यसै केन्दिय कार्यालयमै पार्टि प्रवेश कार्यक्रममा मुरारी लाल कर्ण(महोत्तरी), बुधन साह(धनुषा),श्रीकृष्ण मण्डल लगायत दर्जनौ कार्यकर्ताहरु नेसपामा प्रवेश गरेका थिए ।