मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर ऋण लिन पाइने – Jaleshwortoday

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर ऋण लिन पाइने

 August 25, 2021  
Bank

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ८ भाद्र
मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितोमा राखेर पनि ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज मंगलबार मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनले यस्तो व्यवस्था गरेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका नाममा जारी गरेको निर्देशनमा भनिएको छ, ‘२० लाखसम्म पर्ने मोटरबाटो नपुगेको खेतीयोग्य जमिनलाई पनि बैङ्क तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् ।’ बैङ्क तथा वित्तीय संस्थाहरूले यस्तो जमिन धितोमा राखेर ऋण लिन निवेदन परेको खण्डमा निवेदन आएको सात कार्य दिन भित्र स्वीकृत हुने÷नहुने निर्णय गरिसक्नुपर्ने छ । स्वीकृत नभए त्यसको स्पष्ट कारण समेत निवेदक (ग्राहक)लाई खुलाउनुपर्ने छ । यस ैगरी, एक करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय (आयात सम्बन्धी बाहेक)लाई सस्तो दरमै कर्जा उपलब्ध हुने भएको छ । बैङ्क तथा वित्तीय संस्थाले यस्ता व्यवसायलाई कर्जा दिँदा आधार दरमा २ प्रतिशतसम्म थप गरी ऋणको ब्याज तोक्नुपर्ने छ ।