सहि बाढी पिडीतले राहत सिघ्र पाओस्् – Jaleshwortoday

सहि बाढी पिडीतले राहत सिघ्र पाओस््

 August 30, 2021  
Education

महोत्तरी जिल्लादेखि नेपाल भरीका विभिन्न जिल्लामा बाढीको प्रकोप देखिएको छ । यसबाट जनधनको क्षति भएको छ । यसलाई त फिर्ता ल्याउन सकिदैन तर राहतबाट दुुःख तथा पिडालाई कम गर्न सकिन्छ । त्यसकारण अहिले भारत सरकारको सहयोगमा विभिन्न जिल्लामा राहत सामाग्रीहरु जिल्ला प्रतिनिधिहरुलाई जिम्मा लागि सकेको हुनाले ती राहत सामाग्रीहरु अबिलम्ब पिडीतलाई बाँडनु अति आवश्यक रहेको देखिन्छ । भारत सरकारले नेपाललाई विभिन्न विपदा तथा प्राकृतिक प्रकोपको बेला सघाएको छ । यस किसिमको राहत सामाग्रीहरु वितरणमा कहिले काही अनियमितता तथा गलत व्यक्तिले लाभ लिने गरेको पाइएकोले यस्ता गलत काम नहोस् त्यसमा वितरण प्रतिनिधिहरुले अनुगमन गर्न जरुरी देखिन्छ । कृत्रिम पिडीतले पनि हाम्रो समाजमा राज्यको राहत सामाग्री लिनलाई झगडा तथा विभिन्न किसिमले राजनैतिक लविंग गर्ने गरेको विगतमा प्रमाणहरु देखिएकाले यस किसिमको राहत वितरणका कार्यमा प्रशासनको सहयोग लिएर सहि पिडीतलाई राहत सामाग्र्री जिम्मा लगाउनुु पर्ने देखिन्छ । हामी समाजिक प्राणिले पनि यस्ता गलत घट्ना घटाउनबाट सजग हुन जरुरी छ । किनभने क्षणिक लाभले दीर्घकालिन सुख दिन सक्दैन । यसले मान सम्मानमा नै आँच आउने देखिएकोले हाम्र्रा समाजका वास्तविक पिडीतलाई राहत पाउनमा सहयोग गरेर असल नागरिक बन्न सक्छौं । राहत समाग्री समयमै बाटौ र पुण्यको भागी बनौं ।