पहिरोमा परेर महोत्तरीको रामगोपालपुर उपमेयरको छोरा सरोज साहको मृत्यु – Jaleshwortoday

पहिरोमा परेर महोत्तरीको रामगोपालपुर उपमेयरको छोरा सरोज साहको मृत्यु

 August 30, 2021  
Pahiro

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १३ भाद्र
बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न.७ लास्कोटबेसीमा पहिरो संगै ढुंगा खस्दा मोटर साइकलमा सवार एक युवकको मृत्यु भएको छ ।काठमाण्डौं बाट जनकपुर तर्फ आउँदै गरेको ज. ८ प. ७४९० नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको रामगोपालपुर वडा न.८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको मृत्यु भएको छ भने जनकपुर रामानन्द चौक बस्ने ३० वर्षीय सतिस साह घाइते भएका छन् ।दुवै ढुंगा लागेर घाइते भएपछि धुलिखेल अस्पतालमा उपचारको क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।सडकको माथिबाट खसेको ढुंगा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल लगेका थिए । मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते साहको अवस्था सामान्य रहेको तथा थप उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक साह महोत्तरीको रामगोपालपुर नगरपालिकाको उप मेयर सीता साहको छोरा हुन् ।मृतक साहको शव लिन परिवारजन धुलिखेल तर्फ प्रस्थान गरिसकेको रामगोपालपुरका प्रमखु अशोक मण्डलले जनाएको छ ।