जनकपुुरधाम उपमहानगरमा सबै तहका विद्यालय संचालन गर्न अनुमति – Jaleshwortoday

जनकपुुरधाम उपमहानगरमा सबै तहका विद्यालय संचालन गर्न अनुमति

 September 2, 2021  
Janakpurdham

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ भाद्र
जनकपुरधाम उपमहानगरपालिकाले पनि भाद्र्र १६ गते सूचना प्र्रकाशन गरी भाद्र्र १७ देखि सबैै तहका विद्यालयहरु संचालन गर्न अनुमति दिएका छन् ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका,२०७७ को दफा ३३ को उपदफा २ अनुुुसार मापदण्ड पालना हुुने गरी विद्यालय संचालन गर्न अनुमति दिएको हो । विद्यालय प्रशासनले विद्यार्थी संख्या विद्यालयको भौतिक अवस्था र स्वास्थ्य संवेदनशीलतालाई दृष्टिगत गरी विद्यालय संंचालन गर्ने मोडालिटि तय गर्न भनिएको छ ।अनिवार्य रुपमा भौतिक दुरी कायम गरी माक्सको प्र्रयोग,हैण्ड वाश स्टेशन,सेनिटाइजर र थर्मलगनको व्यवस्था विद्यालयले गर्नुपर्ने छ । कक्षाकोठाको प्र्रत्येक दिन निर्मलीकरण गर्नुपर्ने छ । विद्यालयमा प्र्राथमिक उपचार सामग्रीको समेत व्यवस्था हुनुुपर्ने छ । विद्यालयको प्र्रधानाध्यापकले विद्यालय तथा विद्यालयको भौतिक,शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सम्पूर्ण गतिििवधि पाक्षिक रुपमा पालिकामा बुझाउनुुुपर्ने छ । साथै यस सम्बन्धमा पालिकाले समेत अनुगमन गर्र्ने सूचना लेखिएको छ ।