एकडारामा शारीरिक अपाङ्गता भएका बालबालिकालाई सहायक सामग्री वितरण – Jaleshwortoday

एकडारामा शारीरिक अपाङ्गता भएका बालबालिकालाई सहायक सामग्री वितरण

 May 30, 2025  
11

आरजे ईर्शाद शेख
महोत्तरी , १६  जेष्ठ

गणतन्त्र दिवस २०८२ को अवसरमा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शारीरिक अपाङ्गता भएका दर्ता बालबालिकाहरुलाई सहायक सामग्री वितरण गरिएको छ। कार्यक्रम दलित समाज उत्थान समिति नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित Protection – Community Engagement Child Sponsorship Program अन्तर्गत आयोजना गरिएको थियो।

कार्यक्रम जिल्ला समन्वय समिति महोत्तरीको समन्वय र प्रेरणा शारीरिक पुनर्स्थापना केन्द्र लालबन्दी, सर्लाहीको प्राविधिक सहयोगमा गरिएको थियो।

कार्यक्रममा एकडारा गाउँपालिकाका १ देखि ६ वडा सम्मका ११ जना शारीरिक अपाङ्गता भएका RC (Registered Children) हरूलाई २ दुई लाख ५० हजारको एन्कल फूट अर्थेसिस, सेन्डल राइज, कोक अप स्प्लिन्ट, ट्राई साइकल, सि पि चेयर, अर्थो प्रोसथेसिस र व्हिल चेयर लगायतका सहायक सामग्रीहरू वितरण गरिएको थियो।

कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले सहायक सामग्री वितरणको उद्देश्य र कार्यक्रमको पृष्ठभूमिबारे जानकारी गराएका थिए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एकडारा गाउँपालिका अध्यक्ष मण्डलले दलित समाज उत्थान समिति नेपालद्वारा समाजको पिछडिएको र कमजोर वर्गका बालबालिकाका लागि गरिएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको अध्यक्षता दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिका संयोजक सुनिल ठाकुरले गर्नुभएको थियो।

प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्ण, तथा विशेष अतिथिहरूमा एकडारा गाउँपालिका अध्यक्ष दिप नारायण मण्डल, वडा नं. ६ का अध्यक्ष श्याम चौधरी, बगिया आधारभूत विद्यालयका प्रधानाध्यापक आलम अन्सारी, प्रेरणा केन्द्रका फिजियोथेरापिस्ट कृष्ण कार्की, महासरस्वती बाल क्लबकी अध्यक्ष आरोही ठाकुर, र Sponsorship Quality Control Officer देवि प्रसाद निरौला, फीरोज चौधरी पत्रकार समेतको उपस्थिति रहेको थियो।