नेकाँ सभापति देउवा बिहीबार धनुषा आउँदै, भव्य स्वागतको तयारी - Jaleshwortoday

Blackjack odds in crypto casino

  1. Free 20 Spins: These videos get hundreds of thousands of views, with revenue coming in from ads, subscriptions and sponsorships.
  2. 10 Bonus Casino - Depending on the online casino you've chosen, you may need to download their in-house app before being able to enjoy the site in full.
  3. Slot Walk Of Shame By Nolimit City Demo Free Play: All they need is a registered account and a fast Internet connection.

Raw joint poker

App For Online Slots Development
Stars has two forms of customer support available to players, Live Chat and Email.
Double Ball Roulette Jackpot
Players should keep an eye on reels 2, 3 and 4 at all times as they play Moon Festival, because these are the only positions where the moon symbol can appear.
Despite a Woods-fueled surge in television ratings that resulted in some of the biggest numbers in decades, the shifting entertainment landscape has diminished viewer totals from even the most popular sporting events.

Theif of gambling winnings

Video Slot Machines In Australia
You must supply an email address and choose a reason for contacting them from the menu.
Uptown Pokies Casino No Deposit Bonus 100 Free Spins
Is it really that big of a deal for you to try it out.
Free Spins Slots Online Australia

नेकाँ सभापति देउवा बिहीबार धनुषा आउँदै, भव्य स्वागतको तयारी

 २१ जेष्ठ २०८२, मंगलवार २२:५५  
500578534_3992717847648483_3199197867452383015_n

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २० जेष्ठ

नेपाली कांग्रेस धनुषा–४ को बिस्तारित बैठक लक्ष्मीनियाँ बजारस्थित शहीद कामेश्वर कुशेश्वर भवनमा मंगलबार बसेको छ ।

क्षेत्रीय सभापति कुमरकान्त झाको अध्यक्षतामा बसेको बिस्तारित बैठकले पार्टी सभापति शेरबहादुर देउवाको धनुषा भ्रमणको तयारीलाई तिव्र पार्ने निर्णय गरेको छ ।

यही बिहीबार पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवा दुई दिने भ्रमणमा धनुषा आउन लागेका हुन् । सभापति देउवाको कार्यक्रमहरुलाई सफल पार्न धनुषा–४ का नेता तथा कार्यकर्तालाई पार्टी सहमहामन्त्री महेन्द्र यादवले निर्देशन दिए । पार्टी सभापति देउवाको दुई दिवसीय धनुषा भ्रमणलाई सफल पार्नका लागि आ आफ्नो स्थानबाट सबैलाई सक्रिय हुन नेता यादवले निर्देशन दिए । जेठ २२ गते बिहीबार सभापति देउवाले धनुषाधाम नगरपालिकास्थित ठाकुर प्रसादको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य बजरंग यादवले बताए ।

प्रजातन्त्रका लागि जेलनेल बसेका ठाकुर प्रसादको योगदानको चर्चा गर्दै पूर्व खानेपानी मन्त्री समेत रहेका सहमहामन्त्री यादवले देश र पार्टीका लागि उनको योगदान अवस्मरणीय र अनुकरणीय रहेको बताए । पार्टीले यस्ता व्यक्तित्वहरुको सम्मान गर्नुपर्छ, सहमहामन्त्री यादवले भने–नेपाली कांग्रेसले योद्धाहरुको सम्मान गरेर अघि बढेको छ ।

ठाकुर प्रसादको योगदानको सम्मान गर्दै धनुषाधाममा निर्माण गरिएको उनको प्रतिमाको सभापति देउवाले अनावरण गर्ने छन् । बिहीबार दिउँसो १ बजेका लागि कार्यक्रम तोकिएको छ । धनुषाधामको कार्यक्रम सम्पन्न गरेर सभापति देउवा रात्रिविश्राम भने जनकपुरधाममा गर्ने कार्यक्रम छ ।

सभापति देउवाले शुक्रबार बिहान जनकपुरधाम–८ स्थित मैथिली विकास कोषको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ । उनको दुई दिने धनुषा भ्रमणको क्रममा आयोजना हुन लागेको कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि क्षेत्र नं. ४ का कार्यकर्ताहरुलाई सहमहामन्त्री यादवले सहभागि हुनका लागि आग्रह समेत गरे ।

बैठकमा पार्टी अनुशासन समिति संयोजक समेत रहेका राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुंगानाले पार्टी सभापतिको कार्यक्रमलाई सफल पार्न सबै साथीहरुलाई सक्रियतापूर्वक लाग्नका लागि आग्रह गरे ।

बैठकमा जेठ मसान्त भित्र क्रियाशिल सदस्य सम्बन्धी फारम क्षेत्रीय कार्यालयमा बुझाउनुपर्ने निर्णय गरेको छ । लक्ष्मीनियाँ बजारस्थित शहीद कामेश्वर कुशेश्वर भवनमा बसेको बैठकमा धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियार, प्रदेशसभा सदस्य अंजना पण्डित, प्रदेश समिति सदस्य बजरंग यादव, राज किशोर यादव, भावना ढुङ्गेल, डा. सन्जिव यादव, फुलकुमारी महतो, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, ४ (क) का सभापति योग नारायण यादव, जिल्ला सहसचिव बिजय यादव लगायत नगर प्रमुख, वडाध्यक्ष, वडासभापति, भातृ संगठनका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।